AArya
RUMPUM
animated ellipse animated ellipse

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा २० को मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७५, शनिबार ११:३७
3
Shares

नुवाकोट । नुवाकोटको घ्याङफेदीमा हिजो राती भएको मिनिट्रक दुर्घटना हुँदा २० जनाको मृत्यू भएको छ ।

दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको अस्पताल लैजादै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले बताए ।

रातको अबेरसम्म घाइतेहरुलाई उद्धार गरी उपचारको लागि काठमान्डौं ल्याईएको छ । घाइते भएका १५ जनाको काठमान्डौंका शिक्षण अस्पताल ८ जना र बिपी स्मृति अस्पतालमा ७ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । । मृत्यु संस्कारबाट गाउँ फर्कने क्रममा बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।

दुर्घटना ग्रस्त भएको मिनिट्रक सडकबाट ५ सय मिटर तल रहेको तादी खोलामा पुगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन महिला र १७ पुरुषको ज्यान गए नुवाकोट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर