पूर्वाञ्चल खबर
विराटनगर/ मोरङको विराटनगर महानगरपालिका १७ धुनिया बस्तिमा एक यूवकले छुरा प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् ।
छुरा प्रहारबाट विराटनगर १७ का ५० वर्षिय शशि मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई उनकै छोरा चुनु मण्डलले राती साढे ९ बजे छुरा प्रहार गरेका थिए । राती साढे ९ बजेको समयमा शशि मण्डल, निजको जेठी श्रीमतीको छोरा आकाश मिया मण्डल र शशि मण्डलको कान्छी श्रीमतीको छोरा चुनु मण्डल विच घरायसी बिवाद हुँदा चुनु मण्डलले धारिलो हतियार छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते मण्डललाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो ।
छुरा प्रहारबाट सौतेनी दाजु आकाश मण्डल समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने मण्डललाई पक्राउ गरी थप अनुसन्धान भईहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।