पूर्वाञ्चल खबर
उदयपुर / उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ मैसङ्खामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर राती साढे १० दुर्घटना सिरवानीबाट बलम्ता तर्फ आउँदै गरेको स १ त ७३२३ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि ट्याक्टरका चालक उदयपुर लिम्चुङबुङ गाउँपालिका ४ का २२ वर्षियसुबिन राई र सोही ट्याक्टरमा सवार २४ र्वाियका पवन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा दुर्घटनामा परेको थियो ।
पवनलार्इ किचेर ट्याक्टर सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा १२ वर्षीय सोनिक राई, १३ वर्षीय पुजा राई, १७ वर्षीय मनिषा राई, १७ वर्षीय सविना राई, २१ वर्षीय बुनु राई, २४ वर्षीय पुनम राई, २७ वर्षीय लविप राई र ३१ वर्षीय विष्णु राई घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाईतेलाई जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । गम्भिर घाईते चार जना भने विराटनगरमा उपचाचर भईरहेको छ । घाईते सोनिका राई, मनिषा राई, बुनु राई र सविना राईको विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।