AArya
RUMPUM
animated ellipse animated ellipse

षडानन्द पुरस्कार वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७५, बुधबार १९:२९
3
Shares

विराटनगर / शिक्षाको ज्योति फिजाएर नेपाल र नेपालीको उन्नति र उत्थान गर्ने कार्य गरेको स्मरण गर्दै आवाल ब्रह्मचारी षडानन्द अधिकारीको १८४ औं जन्म जयन्ती मनाइएको छ ।

जन्म जयन्तीमा षडानन्दका बारेमा काव्य लेखेर नेपाली समाजलाई षडानन्दका किर्ती किरण फैलाउन सहयोग गरेका कवि खेमराज गौतमलाई ११ हजार १ सय ११ राशिको पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको छ ।

समारोहमा शिक्षासेवी बुद्धिप्रसाद गौतमलाई पनि सम्मान गरिएको थियोे भने कवि सोमराज अभयले लेखेका दुई कृतिहरु मनका पानाहरु र जीवन दर्पण तथा साहित्यकार गायत्रीकुमार चापागाईंले लेखेको अरुणमा बहंदा बहंदैको विमोचन पनि गरिएको थियोे । द्वै कृतिहरु माथी प्रा. दधिराज सुवेदिले र साहित्यकार बलराम पोख्रेलले टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भाषाविद प्रा.डा.टंकप्रसाद नेउपाने,प्रा.कविराज नेउपाने,बुद्धिप्रसाद गौतम,रमेशकुमार चापागाईं,खेमराज गौतमले षडानन्दको योगदानको चर्चा गरेका थिए भने कवि अर्जुन भट्टराईले गुरुमहाराजको बारेमा लेखिएको कविता वाचन गरेका थिए ।

कार्यक्रमलाई षडानन्द प्रतिष्ठान विराटनगरका कोषाध्यक्ष दिङ्लाली कान्छो र अध्यक्ष गायत्रीकुमार चापागाईंले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर