RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड एक्स्पोको तयारी तिब्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०७५, मंगलवार १९:३८
3
Shares
विराट ट्रेड एक्स्पोको तयारी हुँदै

विराटगनर /पुस ६ गतेदेखि विराटनगरमा हुने विराट ट्रेड एक्स्पोको तयारी तिब्र पारिएको छ । विराट एक्स्पो २०१८ नाम दिइएको व्यापार मेला पुस १२ गतेसम्म सञ्चालन हुनेछ ।

विराटनगरको विराट अस्पताल नजिक रहेको खालि जमिनमा एक्स्पोको तयारी गरिएको हो । नेपालका उत्पादन तथा नेपालमा खपत हुने उपभोग्य र औद्योगिक वस्तुहरुको प्रवद्र्धनकालागि एक्स्पो महत्वपूर्ण हुने मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले बताए । 

 

विराटनगरमा व्यापार मेलाहरु विगतदेखि नै भव्य हुने गरेको छ । यस पटक पनि तयारीलाई थप भब्यता दिने तर्फ आयोजकले आफ्नो ध्यान केन्द्रीत गरेको छ । एक्स्पो मार्फत औद्योगिक उत्पादन तथा प्रविधि आदिको प्रवद्र्धन हुने र उपभोक्ताले सोझै गएर सबै कुरा बुझ्न सक्ने भएकोले यसको महत्व रहेको अध्यक्ष सारडा बताउँछन् । उनले उत्पादक, बिक्रेता र उपभोक्ता एउटै स्थानमा भेला भएर कारोवार गर्ने उत्सवको रुपमा एक्स्पो सफल हुने विश्वास पनि व्यक्त गरे ।

एक्स्पो तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकहरूको उत्पादित बस्तु तथा सेवालाई सहभागि गराईने जानकारी दिए । एक्स्पोमा २ सय ७५ स्टल रहने र ३ लाखले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । एक करोड भन्दा बढी लगानी गरेर आयोजना गर्न लागिएको एक्स्पोमा ३० करोेड बढीको कारोवार गर्न सकिने राठीले बताए ।

 

एक्स्पोमा दर्शकहरुको मनोविज्ञानलाई महशुस गरेर वालवालिका खेल्ने स्थान, मनोरञ्जन स्थल, युवाहरुलाई केन्द्रीत गरेर सांस्कृतिक कार्यक्रम स्थल र वस्तु विक्री स्थल गरेर विभिन्न भागमा विभाजन गरिएको छ ।

 

एक्स्पोमा अटोमोवाइल्स, बैंक तथा बित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा सूचनाप्रविधि, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, खाद्यान्न, कपडा कृषि तथा जडिबुटी आदि प्रदर्शनकालागि राखिने छन् ।

 

एक्स्पोले आर्थिक कारोवार वृद्धि हुने र औद्योगिक वातावरणलाई सकारात्मक दिशामा लैजानकालागि उत्प्रेरणा मिल्ने आयोजकको विश्वास छ ।

 

यसपटक एक्स्पोमा जर्मन प्रविधीद्धारा प्रयोग गरिएका स्टलका निर्माण हुँदैछ । मेलामा हुन सक्ने चोरी, हुल हुज्जत गर्नेलाई सजिलै पहिचान गर्न सजिलो होस भन्ने उद्देश्यले १ सय भन्दा बढी सिसी क्यामारा जडान गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिङ्कडाले जानकारी दिए । उनका अनुसार भीडलाई व्यावस्थित पार्न ५० भन्दा बढी निजी सुरक्षाकर्मी परिचलान गरिने समेत तयारी थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर