RUMPUM
animated ellipse animated ellipse

गाउँपालिकाको कर विरुद्ध व्यपार संघको मुद्दा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७५, सोमबार २०:३१
3
Shares

विराटनगर / बुढीगंगा गाउँपालिकाले उद्योगहरुलाई विभिन्न शिर्षकहरुमा कर लगाएपछि मोरङ व्यपार संघले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ ।

स्थानीय सरकार अन्तरगत बुढीगंगा गाउँपालिकाले उद्योगहरुमा आर्थिक वर्षदेखि लागू हुने गरी विभिन्न शिर्षकमा छुट्टै व्यवसाय कर लगाएको छ । जस अन्तरगत ठूला उद्योगलाई रु. ५ लाख, मझौला उद्योगलाई रु. ३ लाख र साना उद्योगलाई रु. १ लाख कर लर्गाको हो । घर जग्गा कर (उद्योग भवन) समेतको कर दस्तुर लगाएको छ । गाउपालिकाले लगाएका कर खारेज गर्ने आदेश माग सहित संघले मुद्दा दायर गरेको हो ।

निवेदनमा ‘उद्योगहरुले धेरै अगाडि देखि कर समेत बुझाई कारोबार गर्दै आएकोमा पुनः पटके सवारी कर, विदेशी सवारी साधनमा लाग्ने दस्तुर र कवाडी कर भनी उद्योगका लागि आउने सवारी तथा कवाडीका सामाग्रीमा दोहोरो कर उठाउन मुख्य राजमार्ग बाहेकका गाउँपालिकाको भित्र आव्हान गरिएको बोलपत्र गैरकानुनी रहेको’ भन्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर