AArya
RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लब अफ विराटनगर एक्टिभले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७५, सोमबार २०:१०
3
Shares

विराटनगर / लायन्स क्लब अफ विराटनगर एक्टिभले छथर पोखरी पंचकन्या स्थित पंचकन्या माध्यामिक विधालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

स्कूलका पूर्व विद्यार्थी लायन्स क्लब अफ विराटनगर एक्टिभमा संस्थापक अध्यक्ष रेवतबहादुर कार्की र बर्ष २०१८ र २०१९ का अध्यक्ष टेकबहादुर कार्कीका स्कूलमा अध्यनरत १ सय ७० विधार्थी तथा छथर गाँउ पालिका वाड नं. ३ मा भएका अन्य ४ वटा प्राथमिक आधारभूत विधालयका विधार्थी समेत गरि २ सय ७० जनालाई विद्यार्थीलाई करीब १ लाख ३१ हजार बराबरको स्कुल ब्याग र एक दिनको टिफिन वितरण गरेका थिए ।

छथर गाँउ पालिकाको प्रवक्ता राजन नेपाली, गाँउपालिकाका शिक्षा विभाग प्रमुख, शिक्षा स्रोत व्यक्ति भूपेन्द्रप्रसाद दाहाल स्कूल व्यवस्थापन समितिका अध्यक्ष तथा छथर गाँउ पालिका वार्ड न. ३ का वार्ड अध्यक्ष तुलसीजगं थापा, स्कूलका प्र.अ. नवीनराज अधिकारी, जोन चेयरपर्सन अर्जुन थपलिया, लायन रोशन घिमिरे,नारायण पराजुली,लक्क्ष प्रधान,खेमराज नेपाल, फनिन्द्र थापा, उर्मिला थापा, मंन्दिरा कार्कीलगायत विद्यार्थीहरुलाई झोला र एक दिनको टिफिन वितरण गरेका थिए ।

गाँउपालिकाका प्रवक्ता राजन नेपालीले छथर गाँउपालिकाको यो वार्ड अत्यन्तै विकट र पानीको असाध्यै समस्या भएका कारण सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी जग्गा धनीलाई मालपोल (तिरो) मिनाह गरिएको र गाँउपालिका भित्र १ ठाँउमा डिप बोरिगंको व्यवस्था तिव्र गतिमा अगाडी वढीरहेको र थप अर्कों डिप बोरिगंको लागि योजना वनी रहेको साथै गाँउ पालिका भित्र विभिन्न प्रकारका विकास निर्माणका आयोजनाहरू तयार गरि कार्यन्यनको तयारीमा रहेको समेत जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथि रेवतबहादुर कार्कीले आफ्नो जन्मथलो र आफु अध्यनरत स्कूलमा कार्यक्रम गरि स्कूललाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि स्कूलसंग सहकार्य गरी आवश्यक्ता अनुसार सहयोग पुय्राउने प्रतिवद्ता व्यक्त गरे । विगत ३९ बर्ष देखि निरन्तर सोही स्कूलमा अध्यायपन गराएका शिक्षक डिल्लीबहादुर कार्की र भूपेन्द्रप्रसाद दाहाललाई आफुलाई प्राथमिक तहको शिक्षा प्रदान गरेर अगाडी वड्ने बाटो प्रशस्त गरिदिनु भएको भन्दै कार्कीले रूद्राक्षको माला र दोसल्ला ओढ़ाई सम्मान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर