RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०७५, शनिबार १८:२५
3
Shares
पथरी / मोरङको पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहको ८ औं वार्षिक साधारणसभामा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको छ । समूहले आज कार्यालय परिसरमा सम्पन्न साधारणसभाका अवसरमा उक्त सम्मान गरेको हो ।

प्रत्येक टोलाबाट एक–एक जनाका दरले ८० वर्ष माथिका ११ जना जेष्ठ नागरिक र ११ जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, विशिष्ठ अतिथि फेकोफन मोरङका उपाध्यक्ष कृष्णकुमार राईलगायतले नगद, प्रमाण–पत्र र दोसल्लाले सम्मान गरेका थिए । सोही अवसरमा विपन्न उपभोक्ता परिवारका ११ जना बालबालिकाहरुलाई छात्रवृत्ति स्वरुप शैक्षिक सामग्री र नगद समेत प्रदान गरिएको थियो ।

समूहले गत आर्थिक वर्षमा ४५ लाख ५७ हजार ६ सय ५४ रुपैयाँ आम्दानी गरी विभिन्न शीर्षकमा खर्च गरेको समूहकी कोषाध्यक्ष सकुन्तला राईले जानकारी दिइन् । जसमा वन विकास तर्फ झाडी सफाई, वन विकास र संरक्षण सम्बन्धि छलफल, अन्तरकृया, तालिम, गोष्ठी सञ्चालन गरेको थियो । त्यस्तै, पर्यटक भित्र्याई आम्दानी गर्ने उद्देश्यले बाघे सिमसार क्षेत्र संरक्षण गर्न सुरु गरेको छ ।

समूहले गरिवि न्यूनिकरण अन्तरगत कृषी औजार वितरण, महिला सिप विकास तालिम अन्तरगत सिलाई कटाई, हाउस वायरिङ, बाख्रा पालन सम्बन्धि तालिमहरुको आयोजना गरेको सचिव मैना आचार्य फुयलले जानकारी दिइन् ।

यसैगरी, समूहले चालु आ.व.मा वर्षाकारण डाँसखोलाले मुलधार छोडी वनक्षेत्र अत्यधिक कटान गरेको हुँदा उक्त कटान क्षेत्रमा जालीतार र ढुंगाको तटबन्ध बनाउने उद्देश्य राखेको अध्यक्ष ईश्वर चौहानले सभामा जानकारी गराए । अध्यक्ष चौहानका अनुसार यसै आ.व.मा बाघेखाडी सिमसारलाई प्राविधिकको सहयोगमा पर्यटकीय सम्भाव्यता अध्ययन गरिने छ ।

कार्यक्रममा शान्ति सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष हेमभक्त गुरुङ, पशुपति सामुदायिक वनका सल्लाहकार टंक भण्डारी, इलाका वन कार्यालय पथरीका प्रमुख मोहमद अलाउद्धिन, सव डिभिजन कार्यालय मंगलबारेका प्रमुख सहायक वन अधिकृत तारणीप्रसाद चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर