AArya
RUMPUM
animated ellipse animated ellipse

लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७५, बुधबार १६:११
3
Shares
झापा / झापाको मेचीनगर नगरपालिका ६ को भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ ।

आज दिउँसो लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित झापा बाह्रदशी गाउँपालिका ७ का हेमन्त राजवंशी र विर्तामोड नगरपालिका २ का जनक सुन्दासलाई पक्राउ गरेको हो ।

मे ५ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला पारि बरामद गरिएको हो । बरामद लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर