RUMPUM
animated ellipse animated ellipse

मिस्टर मोरङको उपाधि जित्ने मगर सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७५, मंगलवार २०:४१
3
Shares
पथरी /पाचौं मोरङ जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्ने पथरीशनिश्चरेका संजिव मगरलाई पथरी फिटनेश क्लबले सम्मान गरेको छ ।

पथरीशनिश्चरेमा आज एक कार्यक्रमको आयोजना मगरलाई सम्मान गरिएको हो । शारीरिक सुगठन तथा फिटनेश संघ मोरङले शनिबार विराटनगरमा गरेको प्रतिस्पर्धामा पथरीशनिश्चरेकै अजय मल्लिक फष्ट रनरअप र पथरीशनिश्चरेकै योगेश लिम्बु सेकेण्ड रनरअप घोषित भएका थिए ।

मगरले ७० केजी समूहमा स्वर्णपदक जितेका हुन भने मल्लिकले ५५ केजी र लिम्बुले ६५ केजीमा स्वर्ण पदक जितेका हुन् । मगरले ट्रफी सहित ५१ हजार, मल्लिकले २५ हजार र लिम्बुले ११ हजार रुपयाँ प्राप्त गरेका थिए । मोरङका ८ वटा क्लबका २० जना प्रतिस्पर्धी बीचमा भएको प्रतियोगितामा पथरीे फिटनेश क्लबले सफलता पाएको फिटनेश क्लबका सञ्चालक गणेश नेपालीले जानकारी दिए ।

कार्यक्रममा पथरीशनिश्चरे–१ का वडाध्यक्ष तथा फिटनेश सेन्टरका सल्लाहकार बाबुराम ऐङ्देनले शारीरिक सुगठनले पनि अहिले चर्चा परिचर्चा पाउन थालेको बताए । उनले भने–‘पहिले पहिले सुन्दरी प्रतियोगिता, खेलकुदहरुलाई मात्र विशेष ध्यान दिइन्थ्यो अहिले यस बडी बिल्डिङलाई पनि राखेपले खेलको रुपमा लिएको छ । यसमा मोरङ जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगितामा हाम्रै पथरीशनिश्चरेका विजेता तीनै जना भाइहरुलाई हार्दिक बधाई दिन चाहन्छु ।’

पथरीशनिश्चरेमा एक वर्ष अघि स्थापना भएको फिटनेश क्लबले खेलाडी उत्पादनमा अझ योगदान दिने नेपालीले बताए । कार्यक्रममा विजयी खेलाडीले प्राप्त ट्रफी समेत प्रर्दशन गरिएको थियो भने बिजयी खेलाडीले आफ्नो कला समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर