RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री राईले उदघाटन गर्ने कार्यक्रम बिवादमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ मंसिर २०७५, मंगलवार १९:३४
3
Shares
इटहरी / इटहरी उपमहानगरपालिकाको ‘जनता पार्क इटहरी’ कार्यक्रम शिलान्यास हुनु भन्दा अगावै विवादमा परेको छ ।

इटहरी उपमहानगरपालिकाले मंसिर २० गते मुख्यमन्त्री शेरधन राईबाट जनता पार्क इटहरी शिलान्यास कार्यक्रम गर्ने जनाएको छ । तर सो कार्यक्रमबारे स्वंयम उपमहानगरपालिकाकी उपमेयर भने वेखवर बनेकी छिन् । प्रदेश १ का मुख्यमन्त्रीलाई नै ल्याएर तामझाम सहित गर्ने भन्दै निमन्त्रण पत्र बाँडेर प्रचारप्रसार भईरहेको बेला कार्यक्रमबारे आफुलाई जानकारी नै नभएको उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् ।

आज इटहरी उपमहानगरपालिकामा क्रिकेट मैदान मास्न लागेको भन्दै ज्ञापनपत्र बुझाउन गएका खेलाडीको ज्ञापनपत्र बुझ्दै उपमेयर लक्ष्मी गौतम स्वंयम बेखवर भएको बताईन । ‘दुई दिनपछि कार्यक्रम छ अरे भन्ने सुनिएको हो, मलाई चाँही जानकारी छैन’ उपमेयर गौतमले भनिन् – ‘जानकारी छैन भन्दा तपाईहरुकै सञ्चार माध्यम, रेडियो पत्रपत्रिकाबाट सुनेको हुँ ।’ उपमेयरले यसो भनिरहँदा ज्ञापनपत्र बुझाउन गएका खेलाडी, खेल आवद्ध संस्थाका पदाधिकारी र पत्रकार सवै छक्क परेका थिए ।

उपमहानगरपालिकाले बुधबार कार्यपाकिालको बैठक बोलाईएको पनि उपमेयर गौतमले जानकारी दिईन् । उपमहानगरपालिकाको बार्षिक बजेट पुस्तिकामा जनता पार्क कार्यक्रम इटहरी ५ नम्बर वडामा गर्ने भनिएको छ । तर एकाएक कसरी वडा नम्बर ९ मा सारियो त्यो पनि आफुलाई जानकारी नभएको उपमेयर गौतमले स्पष्ट पारिन् । मंसिर २० गते मुख्यमन्त्री ल्याएर गर्ने भनिएको कार्यक्रम पनि कार्यपालिकाबाट पारित नभएको पनि जानकारी दिईन ।

वडा नम्बर ९ मा रहेको सार्वजनिक जग्गाको सदुपयोग गर्दै क्रिकेट मैदान बनाईएको थियो । तर सोही क्षेत्रमा घेराबारा सहित पार्क बनाउन उपमहानगरले तयारी थालेको बुझिएको छ । नगर प्रमुख द्वारिकलाल चौधरीले कार्यक्रममा सहभागी हुन निमन्त्रणा पत्र बाँडिरहेका छन् । बाँडिएको निमन्त्रणामा स्थान भने जुट अनुसन्धान तथा रेशम खेती विकास कार्यक्रमको पूर्वी किनार लेखिएको छ । खेलाडीले दावी गरेको स्थानमा कार्यक्रम हुने वा नहुने त्यो स्पष्ट हुन सकेको छैन । तर खेलाडीहरु क्रिकेट मैदान मास्ने षडयन्त्रण हो भन्ने दावी गरिरहेका छन् । सोही दावी अनुसार खेलाडीहरुले मुख्यमन्त्री आउने कार्यक्रम गर्न नदिने बताएका छन् ।

इटहरी त्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले मुख्यमन्त्री आए कालो झण्डा सहित नाराजुलुस गर्ने बताए । प्रहरी लगाएर दमन गर्न खोजे पसिना बगाउने खेलाडी रगत पनि बगाउन तयार रहने उनले चेतावनी दिए । निमन्त्रणा पत्र बाँडेर निकै तामझाम गरिएको कार्यक्रम गर्नु दुई दिन अघिबाटै विवादमा पर्न थालेको छ ।
कार्यक्रमका विषयमा विवादस्पद कुराहरु बाहिर आईरहेको अवस्थामा इटहरी उपमहानगरपालिका र प्रमुख मेयर चौधरीले भने कुनै कुरा स्पष्ट पार्न सकेका छैनन् । कार्यक्रम विवादित बनेपछि इटहरीबासी भने अन्यौलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर