AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी अञ्चल अस्पताललाई महानगरपालिकाद्वारा ५ थान वातानुकुलित यन्त्र प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७५, मंगलवार १९:१९
3
Shares
विराटनगर . विराटनगर महानगरले कोशी अञ्चल अस्पताललाई ३ लाख ५० हजार मूल्य बराबरको पाँच थान वातानुकुलित ( एयरकण्डिशन)यन्त्र प्रदान गरेको छ ।

अस्पताललाई सुधार गर्ने अभियानमा सरिक भएका मेयर पराजुलीले केहिसमय अगाडी बच्चा वार्ड र प्रसुति गृहमा एसि दिने घोषणा गरेका थिए । सोहि घोषणा कार्यान्वयन गर्दे मेयर पराजुलीले आज एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पराजुलीले सवैको सहयोग रहे कोशी अञ्चल अस्पतालले न्यूनतम शुल्कमा प्रदेशका जनतालाई सम्पूर्ण सेवा प्रबाह गर्न सक्ने बताए । अस्पतालमा सबैको पहुच पुग्ने गरी विकास र उपलब्ध साधन भित्राउन स्थानीय ,प्रदेश र संघीय सरकार सकारात्मक हुन आबश्यक रहेको मेयर पराजुलीले औल्याए ।

महानगरले उपलब्ध गराएको एसी बुझ्दै अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोशन पोखरलेलले स्थानीय सरकारको तर्फबाट भएको सहयोगको प्रशंसा गर्दै भने सवैले मेरै अस्पताल हो भनेर काम गर्न सके अञ्चल अस्पतालले सेवा प्रबाह सहज रुपमा गर्न सक्ने बताए । .

यस्तै अस्पताल परिसरको सडक व्यवस्थापनमा समेत मेयर पराजुलीले अग्रसरता लिएर पिच गर्ने काम सम्पन्न गर्नु भएको छ । कार्यक्रममा वार्ड नं ७ का वडाध्यक्ष मधुबावु तिवारी,अञ्चल अस्पतालको प्रसुती विभाग प्रमुख डां संगिता मिश्र ,प्रशासन प्रमुख नबराज लुइटेललगायत अस्पताललाई चिकित्सा प्रविधियुक्त वनाएमा सेवा प्रदान गर्न सहज हुने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर