AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पुषको पहिलो हप्तामा संसद हिउँदे अधिवेशन हुने : सभामुख महरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७५, सोमबार १९:१५
3
Shares
विराटनगर / सभामुख कृष्णवहादुुर महराले चाडोभन्दा चाडो संसंदको हिउँदे अधिवेशन वोलाउनेगरी तयारी भइरहेको वताए ।

विराटनगर विमानस्थलमा आज साँझ संचारकर्मीसंग कुरा गर्दै ृउनले पुषको पहिलो हप्ता भित्र संसद अधिवेशन वोलाउनेगरी छफलफल अघि वढि रहेको वताएका हुन् । संसद अधिवेशन वोलाउने विषयमा प्रधानमन्त्रीसंग समेत छलफल भइरहेको उनले वताए ।

सभामुख महराले आगामी फागुन महिनाभित्र संविधानसंग वाझिएका ३ सयभन्दा वढि कानुन संशोधन एंव परिमार्जन गर्नुपर्ने समय सिमा रहेकालेपनि अधिवेशन चाडो आव्हान गर्नुपर्नेमा जोड दिए ।
सभामुख महराले सरकारको काम गर्ने दिशा स्पष्ट भएकाले प्रभावकारी रुपमा आफनो कामलाई पनि सरकारले अघि वढाउनु पर्ने वताए । उनले पछिल्ला समयमा सरकारले गरेको महिला हिंसा बिरुद्धको अभियान र योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम लोकप्रिय रहेको वताए ।

सभामुख महराले मुलुकमा संघियता कार्यान्वयनको चरणमा रहेकाले अव संघियता कार्यान्वयन हुदैन भन्ने कुरा भ्रम मात्र हो भने । उनले संघियता कार्यान्वयन जटिल विषय भएकाले अरु देशको तुलनामा नेपालमा सघियता कार्यान्वयन प्रक्रियाले चाडै गति लिएको दावी गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर