AArya
RUMPUM
animated ellipse animated ellipse

महिनाबारी भएका छात्रालाई प्याड बितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७५, शनिबार १८:३९
3
Shares
महिनाबारी भएका छात्रालाई प्याड बितरण गर्दै महानगरका प्रमुख । तस्वीर निरज कट्टेल
विराटनगर / विराटनगर महानगरपालिकाको सहयोगमा नगर बाल क्लब संजालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतना शिविर सम्पन्न गरेको छ ।

विराटनगरको वडा नम्बर १८ स्थित जनक आधारभूत विद्यालयमा आज गरिएको सचेतना मूलक शिविरमा अहिले पनि धेरै छात्राहरु महिनावारीको समयमा विद्यालय छाड्ने गरेको बाल क्लबका अध्यक्ष श्याम गुप्ताले जानकारी दिए । अधिकांश विद्यार्थीहरु कपडा प्रयोग गर्ने गरेको भेट्टिएका छन् भने कतिपयले त महिनावारीको समयमा कपडा र प्याड दुवै नै प्रयोग नगरेको पाइएको गुप्ताले जानकारी दिए । शिविरमा छात्राहरुलाई समूह समूहमा विभाजन गरेर महिनावारीको बिषयमा स्वास्थ्यकर्र्मीहरुले जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले हाम्रो समाजमा अहिले पनि महिनावारी, यौन प्रजनन् जस्ता बिषयहरु खुलेर बहस हुन नसकेकाले विभिन्न समस्या निम्त्यिएको बताए । उपप्रमुख इन्दिरा कार्कीले विद्यार्थीहलाई विद्यालयमा पठनपाठनका निम्ति सहज होस् भन्ने उद्देश्यले महिनावारी भएको समयमा सामुदायिक विद्यालयमा नै प्याडलगायतका आवश्यक सरसफाईका सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरीन् । कार्यक्रममा महिनावारी भएका छात्राहरुलाई प्याड वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर