पूर्वाञ्चल खबर
इटहरीमा आयोजित स्वास्थ्य सेवाको प्रदेश स्तरीय तीन दिवसीय समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले आयुर्वेदिक चिकित्सा पद्दति पुरानो भए पनि समयानुकुल अध्यावधिक हुन नसक्दा पिछडिएको बताउँदै आजको शून्यको स्थितिमा रहेको यो सेवालाई वृद्धि गर्नुपर्ने औँल्याए । प्रदेश १ मा पाइने जडीबुटी तथा औषधीजन्य प्राकृतिक स्रोतको पहिचान र पञ्जीकरण गरी चाँडै प्रशोधन केन्द्र समेत खोलिने मन्त्री घिमिरेले जानकारी गराए ।
यस प्रदेशलाई कुनै विशिष्ट चिकित्सा केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको ठहराउँदै मन्त्री घिमिरेले प्रदेश स्तरमा उच्च कोटीको प्रयोगशालासमेत स्थापना गर्ने लक्ष्य रहेको बताए । सो गोष्ठीमा बोल्दै आयुर्वेदिक चिकित्सा प्रणाली उपचार मात्र नभएर सँस्कृति पनि हो तसर्थ आयुर्वेदिक औषधीलाई जगेर्ना गर्नु भनेको सँस्कृतिको संरक्षण पनि हो मन्त्री घिमिरेले भने । स्वास्थ्य क्षेत्रलाई अनुशासित राख्न विभिन्न कानुनहरुको आवश्यकता परेको हुनाले तत्कालै कानुन निर्माण गरी काम गरिने उनले जानकारी दिए ।
सो गोष्ठीको आजको सत्रमा आयुवेर्दिक र अघिल्ला दिनका सत्रमा क्रमशः अस्पताल र जनस्वास्थ्य सम्बन्धी विषयमा समीक्षा गरिएको थियो । सबै दिनका कार्यक्रमहरुमा संघीय र प्रदेश मन्त्रालयका विभाग र महाशाखाका प्रमुखलगायत १४ जिल्लाकै स्वास्थ सेवा प्रदायक सरकारी निकायहरुको सहभागिता रहेको थियो ।