पूर्वाञ्चल खबर
विराटनगरस्थित जेसी बाल सेवा सदनमा स्कूलमा अध्यनरत विद्यार्थीहरूको लागि दन्त शिविर आयोजना गरिएको हो । उक्त शिविरमा एक हजार विद्यार्थीले स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक अमित शर्माले जानकारी दिए । विद्यार्थीको दन्त परीक्षण डा. रवि आचार्यले गरे ।
पाँच दिन यतादेखि दैनिक जस्तो विराटनगर जेसीजले विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष सेवक बजगाईले बताए । उनका अनुसार आउँदो शुक्रबार विराटनगर जेसीज भवनमा भव्य कार्यक्रम आयोजना गरि सप्ताह समापन हुनेछ । शिविरको प्रमुख अतिथी जेसीजको पूर्व अध्यक्ष गोपाल गुप्ताले गरेका थिए ।