पूर्वाञ्चल खबर
हाल सालै राष्ट्रिय परिक्षा वोर्डले प्रकाशित कक्षा ११ को नतिजामा भानुका उत्कृष्ट हुने विज्ञान संकायतर्पmका छात्र सन्दिप यादव, व्यवस्थापन संकायतर्पmका छात्र सुमित राजवंशी र वोर्ड परिक्षामा छात्रा तर्फ ए प्लस ल्याउन सफल आरती नायकलाई जेसीज विराटनगरले आज सम्मान गरिएको हो ।
सम्मानित विद्यार्थीहरुलाई जेसी वाल सदन स्कूलकी प्रिन्सिपल सुनिता भट्टराई, विराटनगर जेसिजका पूर्व अध्यक्ष गोपाल गुप्ता र विराटनगर जेसिसका निवर्तमान अध्यक्ष राजेन्द्र थपलियाले सम्मान गरेका थिए । कार्यक्रममा भानु कलेजका प्रिन्सिपल देवेश प्रधान, को–अर्डीनेटर आर.सी.कोईरालालगायतले विद्यार्थीहरुको उज्ज्वल भविश्यको कामना गर्दै शुभ कामना दिएका थिए ।