AArya
RUMPUM
animated ellipse animated ellipse

अपहरणकारीलाई सजायको आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७५, मंगलवार २०:४५
3
Shares
विराटनगर / भारतीय नागरिकलाई अपहरण गरी शरिर बन्धक बनाई फिरौती मागेको कसुरमा जिल्ला अदालत मोरङले दुई जनालाई कैद फैसला सुनाएको छ ।

जिल्ला अदालत मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजलासले गत माघ २४ गते ६ जना भारतीय नागरिकलाई अपहरण गरी बन्धक बनाएर फिरौती माग्ने सुन्दरहरैचा नगरपालिका १ का ३९ बर्षीय टिकाराम खवास र सुन्दरहरैचा ९ का ५७ बर्षीय नारायण साह तेलीलाई नौ नौ बर्ष कैद फैसला सुनाएको हो ।

अपहरणमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले सुनसरी ईनरूवा नगरपालीका ०३ का ५७ बर्षीय नारायण शाह, सोही ठाउँका २५ बर्षीय मधुकर शाह,मोरङ सुन्दरहरैचा नपा १ का ३८ बर्षीय टिकाराम चौधरी, सुन्दरहरैचा १० का ३७ बर्षीय कान्छा भन्ने ठाकुर भन्ने ठगबहादुर गुरूङ र सुन्दरहरैचा नपा १२ का २४ बर्षीय नवराज गौतमलाई गिरफ्तार गरेको थियो । अन्यको हकमा भने सफाई पाउने फैसला भएको छ ।

उनीहरुले माघ २४ गते भारतीय नागरिकहरु भारत खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने ३६ बर्षीय राजकिशोर साह, ४२ बर्षीय अजयकुमार साह, ३० बर्षीय अखिलेश साह, ३८ बर्षीय दिनबन्दु तिवारी, ६२ बर्षीय बालेश्वर रजक र ४२ बर्षीय रञ्जित कुमारलाई अपहरण गरी बन्धक बनाएका थिए ।

अपहरणमा परेका राजकिशोर साह २५ गते बिहान होटलबाट भाग्न सफल भई भारत गएको र भारतको गाँउको अन्य साथीहरूलाई लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा आई घटनाको जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर