पूर्वाञ्चल खबर
आज भएको खेलमा भोजपुर, ओखलढुंगा, सुनसरी र झापा बिजयी भइ सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो खेलमा भोजपुरले संखुवासभालाई २५—२३,२३—२५,२५—१८ र २५—१८ ले पराजित गरि भोजपुरले सेमिफाइलनमा पुगेको छ । सोही दिन भएको दोस्रो खेलमा सुनसरीले खोटाङलाई २५—१६,२५—२१ र २५—२० पराजित गरेको हो । ओखलढुंगा र तेह्रथुम विच भएको खेलमा ओखलढुंगाले तेह्रथुमलाई २५—१५,२६—२४ र २५—१३ ले पराजित ग¥यो । त्यस्तै झापा र ताप्लेजुङ विच भएको खेलमा झापाले ताप्लेजुङलाई पराजित गरि झापा सेमिफाइनलमा पुगेको हो । उसले २२—२५,२५—१५,२५—१७ र २५—१६ ले पछि पा¥यो । जित सगै भोजपुर,ओखलढुंगा,सुनसरी र झापा सेमीफाइनलमा प्रवेश गरेको छ ।
बुधबार हुने पहिलो सेमिफाइनल खेल भोजपुर र झापा र दोस्रो सेमिफाइनल खेल सुनसरी र ओखलढुंगा विच हुनेछ ।