RUMPUM
animated ellipse animated ellipse

कप्तान खड्काले गरे इटहरी स्थित इनडोर क्रिकेट टेनिङ हलको निरिक्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०७५, मंगलवार १९:१४
3
Shares
निरीक्षणका क्रममा बिद्यार्थीहरुसंग फोटो खिच्दै कप्तान खड्का
सुनसरी / नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले इटहरी स्थित क्षेत्रिय रंगशाला परिषरमा निर्माण भइरहेको इनडोर क्रिकेट टेनिङ हलको निरिक्षण गरेका छन् ।

आज निरिक्षण गर्दै उनले पूर्वको खस्कदो क्रिकेटको अवस्थाप्रति चिन्ता ब्यक्त गरेका छन् । खड्काले राष्ट्रिय टिममा दबदबा कायम राख्न सफल पूर्वको क्रिकेट अहिले खस्कनु दुखत भएको बताए । आफूले क्रिकेट खेल्न सुरु गर्दा पूर्वको क्रिकेट अन्य क्षेत्रको तुलनामा निकै स्तरिय रहेको उनको भनाइ छ । तर पछिल्लो समय राष्ट्रिय टिममा पुर्वका खेलाडीले स्थान बनाउन नसक्नु लाजमर्दो भएको उनले बताए । उनले भने– कुनै बेला राष्ट्रिय टिममा आधा दर्जनभन्दा बढी खेलाडी छनौटमा पर्थे पछिल्लो समय त्यो स्तर कायम हुन नसक्नु बिडम्बना हो ।

सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीमा कप्तानीको भूमिकामा निर्वाह गरिरहेका खड्काले पूर्वमा क्रिकेटको स्तर माथी उकास्नुको बिकल्प नभएको बताए । केन्द्रमा भइरहेको खिचातानीले पनि समग्र क्रिकेटमा प्रभाव पारेको उनले औल्याए । क्रिकेटका अगुवा तथा क्रिकेट विकास समितिका पदाधिकारीहरू बीचको आपसी खिचातानी र व्यक्तिव टकरावका कारण क्रिकेट खेल सुस्ताएको उनले दाबी गरे । त्यस्ता ब्यक्तिहरुलाई बहिष्कार नगरी नेपाली क्रिकेटले फड्को नमार्ने उनले स्पष्ट पारे । क्रिकेटको उर्वर भूमिका रूपमा चिनिँदै आएको पूर्वमा केही वर्षयता क्रिकेटका लागि राष्ट्रिय स्तरको प्रतियोगिता नहुदा क्रिकेटको गतिबिधि केही सुस्त हुँदै आएको उनको बुझाइ छ । तर पटिल्लो समय सातौ राष्टिय खेलकुद सम्पन्न भएयता सुनसरीमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन थालेकाले खेलाडी उत्पादन सहयोग पुग्ने खड्काले बताए ।

खड्कासंगै टोलीमा रहेको पोखरा प्रिमियर लिगका प्रमुख आयोजक छुम्मि लामा, बिराटनगर किग्सका टिम मालिक पारस लुनिया, क्रिकेटका राष्ट्रिय प्रशिक्षक प्रदिपराज पाण्डे, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश बिष्ट लगायतको टोली इटहरी स्थित डिभिएम स्कूलमा रहेको क्रिकेट ग्राउण्डको पनि निरीक्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर