खबर पूर्वाञ्चल
पत्रकार महासंघमा थप पुर्वाधार निमार्णका लागी महासंघले काम अगाडी वढाएपछि आरती स्ट्रिपले सहयोग गरेको हो । नेपाल पत्रकार महासंघले महासंघको भवनमा आज गरेको कार्यक्रममा आरती स्ट्रिपले सहयोग गरेको हो । कार्यक्रमा उधोग संचालक समितिका उपाध्यक्ष सन्जिव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेललाई दुई लाख रुपैयाको चेक हस्तान्तरण गरे ।
महासघंमा केहि भएपनि सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको समितिका उपाध्यक्ष शर्माले वताए । कार्यक्रमा वोल्दै पत्रकार महासंघका अध्यक्ष वन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थित गर्न थप पूर्वाधारको निमार्णको काम शुरु गरिएकाले त्यसका लागी सवैलाई सहयोग पु¥याउन आग्रह गरे ।
कार्यक्रममा उधोगका प्रसासकिय अधिकृत दिवश नेपालले औधोगिक क्षेत्र संचालनका लागी पत्रकार जगतले गरेको सहयोग महत्पुर्ण रहेको चर्चा गरे ।