AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा धान उत्पादनमा बृद्धि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७५, आईतवार १७:३४
3
Shares
विराटनगर / प्रदेश १ मा यस वर्ष धान उत्पादनमा बृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत बढीले धान उत्पादन हुने भएको देखिएको हो ।

गत वर्ष ११ लाख आठ हजार छ सय छ मेट्रिक्टन धान उत्पादन भएकोमा यस वर्ष १२ लाख ४१ हजार चार सय ३९ मेट्रिक्टन धान उत्पादन हुने अनुमान गरिएको छ । कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका बरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डाँगीका अनुसार गत वर्ष भन्दा यस वर्ष एक लाख ३२ हजार आठ सय ३३ मेट्रिक्टन बढी धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । उनले धान रोप्ने बेलामा पर्याप्त सिंचाई सुविधा पुगेको र कृषकले समयमै मल तथा विउ प्राप्त गर्न सकेका कारण धान उत्पादन बृद्धि हुने बताए ।
गत वर्षको भन्दा यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

धान रोप्ने बेलामा पर्याप्त सिंचाई सुविधा नपुग्दा तीन लाख २२ हजार एक सय ८३ हेक्टर क्षेत्रफलमा मात्रै गत वर्ष रोपाइँ भएको थियो । यस वर्ष तीन लाख २३ हजार एक सय ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएका कारण पनि धान उत्पादन बढ्ने अनुमान गरिएको डाँगीको भनाइ छ । उनका अनुसार गत वर्ष तीन दशमलव ४४ मेट्रिक्टन प्रति हेक्टर उत्पादकत्व रहेकोमा बृद्धि भएर यस वर्ष तीन दशमलव ८४ मेट्रिक्टन प्रति हेक्टर रहेको छ ।

डाँगीले अहिले कृषकको धमाधम पाकेको धान थन्क्याउने बेला भएकाले धान थन्क्याईसकेपछि भने यकिन तथ्याँक प्राप्त हुने जानकारी दिए । प्रदेश १ मा रहेका झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदययपुर, खोटाङ, ओखलढुँगा र सोलुखुम्बु मध्ये झापा, सुनसरी र मोरङमा बढी धान उत्पादन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर