RUMPUM
animated ellipse animated ellipse

नेत्रहीन क्रिकेटलाई मोरङ व्यापार संघले सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७५, बिहीबार २०:५८
3
Shares
विराटनगर / नेपाल नेत्रहीन संघले विराटनगरमा आयोजना गरेको प्रथम रोनाल्ड म्याकुली नेत्रहीन क्रिकेटलाई मोरङ व्यापार संघले सहयोग गरेको छ ।

आज मोरङ व्यापार संघमा एक कार्यक्रमको आयोजोना गरि नेपाल नेत्रहीन संघलाई ४६ हजार ५ सय आर्थिक सहयोग गरेको छ । आज मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको पहलमा संघको पदाधिकारी उवं कर्मचारी सदस्यसँग सो रकम जुटाएर । नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य राजेन्द्र दुलाललाई रकम हस्तान्तर गरिएको छ ।

आर्थिक सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष सारडाले यस किसिमका प्रतियोगिताले नेत्रहीन मात्र नभई शाररीक रुपले अशक्त सम्पूर्ण व्यक्तीहरुको मनोबल बढाउनुका साथै त्यसता व्यक्तीहरुको अन्तर–प्रतिभालाई जागृत गर्न मद्दत पुग्ने बताए । सहयोग रकम ग्रहण गर्दै नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य दुलालले त्यस किसिमको सहयोगबाटै अशक्त एवं नेत्रहीन व्यक्तीहरुले हौसला पाउने वताउँदै संघलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर