AArya
RUMPUM
animated ellipse animated ellipse

नेत्रहिन क्रिकेटमा आर्मी र वर्दीया उपाधी नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७५, बिहीबार १९:२३
3
Shares
पुष्पराज थपलिया
विराटनगर / नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा विराटनगर भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगितामा आर्मी र वर्दीया विजयी भई उपाधी नजिक पुगेका छन् । एक खेल खेल्न बाकी रहेको अवस्थामा दुवै टिमले फाइनलमा प्रवेश गरेका छन् । आर्मी र वर्दीयाविच लिगको अन्तिम खेल शुक्रबार हुने छ ।

आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले झापालाई ७ विकेटले पराजित गरेको छ । ९६ रनको विजयी लक्ष्य पाएको आर्मीले ८ दशमलव ३ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भट्टाएको थियो । आर्मीका लागि सागर लामाले ४० रनबनाउँदा भरत थापाले १६ रन र चन्द्र धानुकले १३ रनको योगदान गरे । झापाका प्रतिक दर्जीले २ विकेट लिँदा दिपेश गुरागाईले १ विकेट हात पारे ।

यस अघि टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ८ विकेट ९५ रनको सामान्य योगफल खडा गरेको थियो । झापाकालागि प्रतिक दर्जी र दुर्गा चौलागाईंले १४–१४ रन बनाउँदा दिपेश गुरागाईं र आकास राईले १२–१२ रन जोडे । आर्मीका म्यान अफ द म्याच भरत थापाले ह्याट्रिक सहित ४ विकेट लिए ।

त्यस्तै दोस्रो खेलमा वर्दीयाले म्याग्दीलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर म्याग्दीले निर्धारित २० ओभरमा ९ विकेट ९२ रनको सामान्य योगफल तयार पारेको थियो । म्याग्दीका राम गुरुङले ३४ रन बनाउँदा बिनिता पुनले १६ योगदान दिइन । वर्दीयाका लिल चौधरी ४ विकेट, रामप्रसाद पौडेल २ विकेट र रुपलाल चौधरी १ विकेट लिए ।

जवाफमा ९३ रनको सामान्य योगफल पछ्याएको वर्दीयाले १२ दशमलव १ बलमा ३ गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । वर्दीयाका लिल चौधरीले ३२ रन बनाउँदा राधेश्याम चौधरीले १६ रन को योगदान दिए । म्याग्दीका सुनील रानाले २ विकेट लिँदा आदेश बस्याल १ विकेट विकेट लिए । खेलको म्यान अफ द म्याच वर्दीयाका अलराउण्डर खेलाडी लिल चौधरी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर