पूर्वाञ्चल खबर
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले राजनितिक स्थायीत्व र मुलुकको समवृद्धिका लागि काग्रेस प्रतिपक्षमा भएरपनी जिम्मेवार भुमिका खेलेको बताए ।
सभापति देउवाले, तोकिएको समयमा महासमितिको वैठक हुने भन्दै महासमितिको वैठकपछि कांग्रेस भित्र देखिएको सानातिन विवाद हटेर जाने दावी गरे । उनले पार्टीलाई संगठित वनाउँन आन्तरिक प्रशिक्षण आवश्यक रहेको वताए । सभापति देउवाले कांग्रेस प्रजातान्त्रीक विचार वोकेको पार्टी भएकाले पार्टिभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने समेत वताए ।
सभापति देउवाले कोइराला परिवारका तिनवटै नेता विचको एकताले पार्टीलाई संगठित वनाउन थप मद्दत पुग्ने बताए । कोइराला परिवारसंग आफनो कहिलेपनि कुनै किसिमको विवाद र झगडा नभएको भन्दै सभापति देउवाले तीन कोइरालाको एकताले गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी एकतामा सहयोग पुग्ने दावी गरे ।
देउवाले पार्टीमा रहेको समूह, उप–समूह,उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको सुनाए । पार्टीमा एक भएको फोरम लोकतान्त्रि मिलाउने क्रममा उप–सभापति मनन् गर्नु राजनीतिक निर्णय भएको त्यो विधान नमिचिएको दाबी गर्दै देउवाले भने,‘मैले सकेसम्म मिलाउने प्रयास गरेको छु । यो राजनीतिक निर्णय हो ।’ नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए ।
विराटनगरको जेनियल होटेलमा बसेका देउवासँग केन्द्रीय सदस्य डा. शेखर कोइरालाले छुट्टै भेटेका छन् । होटलमा पार्टी सभापतिसँग भेटघाट गर्न पुगेका कोइरालाले पार्टीको गतिविधिको विषयमा छलफल गरेको बताए ।