RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ लाई चिया बिषेश क्षेत्र घोषणा गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७५, आईतवार १९:४९
3
Shares
प्रदेश स्तरीय छलफल कार्यक्रमको उदघाटन गर्दै मन्त्री आङबो । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / चिया खेतीको विकास र प्रवर्धनकालागि प्रदेश १ लाई चिया क्षेत्र घोषणा गर्नु पर्ने चिया कृषकहरुले बताएका छन् ।

भारत तथा तेस्रो मुलुकमा निर्यात हुदै आएको चिया खेतीको विकासकालागि प्रदेश १ लाई चिया बिषेश क्षेत्र घोषणा गर्नु पर्ने बताएका हुन् । नेपालबाट गत बर्ष २ अर्ब ६० करोड रुपैया भन्दाबढी चिया निकासी भएको थियो ।

आज केन्द्रीय चिया सहकारी संघले आयोजना गरेको प्रदेश स्तरीय छलफल कार्यक्रममा चिया कृषकहरुले निर्यात मुखी ब्यवसायलाई प्रवर्धन गर्न चिया बिषेश क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।

प्रदेश १ चिया क्षेत्रमा अग्र स्थानमा छ । नेपालमा उत्पादन हुने मध्ये ९९ प्रतिशत चिया प्रदेश १ मा नै हुन्छ । तर केन्द सरकारले अर्थतन्त्रको १७ प्रतिशत हिस्सा ओगटेको चियालाई प्रवर्धन गर्न चासो नदिएको कृषकहरुको गुनासो छ । केन्दीय चिया सहकारी संघ महासचिव रविन राईले चिया उत्पादनको मुख्य क्षेत्रको रुपमा रहेको प्रदेश १ लाई ‘चिया बिषेस क्षेत्र’ घोषण गर्नु पर्ने बताए ।

कृषि विज्ञ डा. हरिबाबु तिवारीले नेपालमा उत्पादित चियाले विश्व बजार पाएपनि अर्गानिक चिया उत्पादन गर्न जोड नदिदा समस्या भएको बताए । सरकारले बिदेशी मुद्रा आर्जनको ठुलो सम्भावनालाई उपयोग गर्नु पर्ने उनको भनाई छ । विश्व बजारमा अर्गानिक चियाको माग उच्च भएको बताउँदै उनले उत्पादन क्षेत्रको विकासमा ध्यान दिनु पर्ने बताए ।

देशभरका ९ हजार २ सय ३६ कृषक तथा व्यवसायीहरूले १२ हजार ६६.५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिरहेका छन् । ११ हजार ४१ वटा चिया बगानमा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको छ । चियाका साना ठूला गरी जम्मा ३१ वटा प्रसोधन केन्द्रहरु छन् ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चिया तथा कफी बिकास बोर्डको स्वामित्व हस्तान्त्रण नगरे १ महिना भित्र प्रदेश स्तरीय चिया कफी बोर्ड स्थापनाको तयारी सुरु गर्ने बताए ।

उनले कृषिसंग सम्बन्धित बिषय प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेकाले बोर्ड गठनमा समस्या नहरेको स्प्रष्ट पारे । मन्त्री आङ्बोले चिया, कफी, अम्रिसो, अदुवालगायत प्रदेश १ का मुख्य निर्यातजन्य कृषि उपजहरुको प्रवर्धनका लागि छुटै संरचना बनाईने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर