पूर्वाञ्चल खबर
कलेजजले विहिबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजबाट प्लस टु पास गरेका ४ विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
आईओएम एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल हुने विकाश विश्वकर्मा र सृजना यादवसहित धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको प्रवेश परिक्षामा उत्कृष्ट हुदै मा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल हुने प्रगती मण्डल र अमर पोद्दार सम्मानित भएका थिए । मण्डलले विएसी नर्सिङ अध्ययनकालागि पूर्ण छात्रवृद्धि पाएकी हुन भने पोद्दारले विएसी एमआइटीमा नाम निकालेका थिए ।

यसअघि कलेजमा अध्ययन गर्ने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस अध्ययनकालागि सुजन पुरी, मुकेशकुमार मण्डल र कृष्णकुमार दासले पूर्ण छात्रवृति पाएका छन् यस्तो छात्रृवद्धि पाउनेमा शिक्षादिप कलेज प्रदेश १ मा नै पहिलो कलेज भएकोे कलेजको दावि छ ।