AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उतिबेला एमालेले सहकार्य गर्न नमान्दा ‘जनयुद्ध’ गर्नुपर्‍याे : अध्यक्ष दाहाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७५, बिहीबार ०७:५५
3
Shares
फाइल तस्वीर
म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्।

बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले तत्कालीन समयमा जनयूद्धको विकल्पको रुपमा नेकपा एमालेसंग सहकार्य गर्न खोजिएको खुलासा गरे। ‘एमालेसँग सहकार्य गरेर संसदीय ब्यवस्थामै संघर्ष गर्ने हाम्रो प्रयास असफल भएपछि जनयूद्धमा प्रवेश गरेका हौं,’ दाहालले भने।

तत्कालीन एमाले महासचिव मदन भण्डारीसंग पनि पटक–पटक पार्टी एकताको प्रयास भएको उनको भनाइ थियो। दाहालले भने, ‘नेपाली कम्युनिष्ट इतिहासलाई विश्वमा नयाँ उचाई दिन एमालेका महासचिव भण्डारीसँग एकताको प्रयास भए पनि एकता अगाडि नै भण्डारीको दुर्घटनामा ज्यान जाँदा पार्टी एकताको प्रयास असफल भयो।’

दाहालले जनयुद्ध सुरु भएका पाँच वर्षमै नेकपा एमालेसँग पटकपटक गोप्य वार्ता भएको स्मरण गर्दै जनयुद्धमा पनि धेरै सहकार्य हुने गरेको जानकारी गराएकाे खबर अाजकाे नागरिक दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर