AArya
RUMPUM
animated ellipse animated ellipse

सबै माेबाइल सेवा मापदण्डभन्दा कमजोर, टेलिकमकाे अन्यभन्दा राम्राे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७५, बिहीबार ०७:४५
3
Shares
काठमाडौं / मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षणका क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले असोज ११ देखि २५ सम्म राजधानीका चक्रपथभित्र विभिन्न स्थानमा परीक्षण गरेको थियो। प्राधिकरणंद्वारा सार्वजनिक प्रतिवेदनअनुसार मोबाइल सेवामा एनसेल र स्मार्ट टेलिकमभन्दा नेपाल टेलिकम अगाडि देखिएको छ।

इन्टरनेट सेवामा एनसेलको गुणस्तर अन्यको भन्दा राम्रो देखिएको छ। प्राधिकरणको गुणस्तर व्यवस्थापनसम्बन्धी विनियमावलीअनुसार मोबाइल सेवामा कल स्थापित हुने दर ९९ प्रतिशत वा त्यसभन्दा माथि हुनुपर्ने प्रावधान छ। यसको अर्थ १०० पटक फोन गर्दा ९९ पटक लाग्नुपर्छ भन्ने हो । तर मुलुकभित्रका सबै टेलिकमकाे कल स्थापित हुने दर ९९ प्रतिशत नरहेकाे खबर अाजकाे कान्तिपुर दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर