RUMPUM
animated ellipse animated ellipse

प्रतिपक्षीको भुमिकामा कांग्रेस कमजोर छैन : डा. रिजाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७५, बुधबार २०:४६
3
Shares
फाइल तस्वीर
विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रतिपक्षीको भुमिकामा कांग्रेस कमजोर नभएको बताएका छन् ।

हामीले नेकपाको कामको अवस्था र प्रकृति अनुसार राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गरेका छौ । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय कार्यसमितिको मोरङको बुढिगंगा गाउँपालिकामा आज आयोजित कार्यक्रममा बोल्दै मोरङ २ का संघिय सांसद समेत रहेका केन्द्रीय सदस्य रिजालले सरकारले गरेका कार्यहरु चित्तवुझ्दो नभएको आरोप लगाए । सरकारले गरेका नराम्रा कामको डटेर विरोध गर्ने र त्यसखाले गतिविधिलाई कुनैहालतमा सम्पन्न हुन नदिने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य केदार कार्कीले मगरहरुको हक अधिकारका सवालमा आवाज उठाउन नेतृत्वलाई आग्रह गरे । यस्तै रतुवामाई नगरपालिकाका मेयर रविन राइले जातिय पहिचान र सस्कृती जोगाउन लाग्नुपर्ने बताए ।

विभिन्न जिल्लाबाट भेला भएका मगरहरुले आफ्नो हक ,अधिकार र क्षेत्राधिकारमा पहुच पु¥र्याउन आबश्यक रहेको औल्याएका थिए । मगर संघका केन्द्रीय सभापति ओम थापा मगरको सभापतित्वमा आज र भोली केन्द्रीय कार्यसमितिको बैठक चल्ने बताइएको छ । यस्तै मगर संघका केन्द्रीय सदस्य जितु थापा मगरले अति विपन्न मगरका छोराछोरीलाई पढाउनका लागि ५ लाख रुपैयाको दिने घोषणा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर