पूर्वाञ्चल खबर
न्यूरोको बरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरुङ्ग तथा मेडिकल अफिसर डा. साहिलद्धारा स्वास्थ्य परिक्षण गरिएको हस्पिटलले जनाएको छ । सोही अवसरमा डाइवेटिक काउन्सेलर शेखरप्रसाद प्याकुरेलले मधुमेह सम्बन्धि सचेतना प्रस्तुत गरेका थिए । १ सय २७ जनाको सुगर जाँच गरिएको उतm कार्यक्रममा नेशनल हेल्थकेयरले निः शूल्क औषधी समेत वितरण गरिएको थियो ।
सोही अवसरमा न्यूरोले प्रत्येक शनिवार नियमित गनुपर्ने जाँचहरु सुगर तथा थाइराइडमा ५० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । उनले अनुसार अस्पतालले विभिन्न समयमा स्वास्थ्यको अपुचबाट कोही पनि बन्चित नहोस भनेर निःशूल्क स्वास्थ्य शिविरहरु समेत गर्दै आएको बताए ।