खबर पूर्वाञ्चल
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जलै मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको दाबी गरेका हुन् ।
अध्यक्ष राणाले राप्रपा अध्यक्ष कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप समेत लगाएका छन् । उनले पार्टी एकता प्रक्रिया अघि बढाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।
अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गम्भिर छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप समेत लगाए ।