RUMPUM
animated ellipse animated ellipse

तिहार सकियो, छठको चटारो सुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०७५, शनिबार ०८:२३
3
Shares
फाइल तस्वीर
पुष्पराज थपलिया
विराटनगर / नेपालीहरुका दुई ठूला चाड दसैं र तिहार सकिएसँगै अहिले अर्को महत्वपूर्ण पर्व छठको चटारो सुरु भएको छ ।

छठ पर्व नजिकिएपछि विराटनगर बजारमा आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ । खास गरी तराई मधेसका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ । छठ पर्वको मुख्य दिन आउनै लागेकाले अहिले मानिसहरु छठको तयारीमा जुटेका छन् ।

विपन्नदेखि सम्पन्न मासिनहरु समेत आ–आफ्नो गच्छे अनुसार छठ पर्वका लागि किनमेलमा व्यस्त रहेका छन् । अहिले विराटनगर बजारमा समेत छठको किनमेल गर्नेहरुको निकै भीड लागेको छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । छठ पर्वमा खासगरी गाउँघरमा उत्पादित सामाग्रीबाटै निर्माण गरिएका सामाग्रीहरुको प्रयोग गर्ने गरिएको छ । जसका कारण छठ पर्वले सँस्कृति संरक्षणका साथै ग्रामिण भेगका कृषकहरुको अर्थोपार्जनलाई समेत सघाइरहेको छ ।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हँुदै गएको छ । घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर