पूर्वाञ्चल खबर
व्यवस्थित विराटनगर निर्माणकालागि सवारी साधनको चाप कम गर्न दुई दशक अघि सुरु भएको रिङरोडको निर्माण नहुँदा विराटनगरमा सधै ट्राफिक जाम हुन्छ । तर बाइपासको सडक रुपमा निर्माण गरिएको
रिङरोड निर्माण नहुँदा जाम बढेको हो । रिङरोडको करिव तीन किलोमिटर ट्रयाक खोल्न समेत बाकी छ ।

विराटनगर पूर्व झोराहाट खण्डमा तीन किलोमिटर ट्रयाक खन्न बाकी रहेको रिङरोडको करिव ३८ किलोमिटर क्षेत्र ग्रावेल गरिएको छ । ग्राबेल गरिएको सडकमा सवारी सञ्चालन गर्न सकिन्छ । तर विराटनगर रानी पश्चिममा तीनवटा घर र पूरानो सलाई फयाक्ट्रीको र क्षेत्रिय प्रहरी कार्यालयको पर्खाल भत्काउन नसक्दा ग्राबेल गरिएको सडकमा समेत सवारी आवतजावत गराउन समस्या छ । कहिले जग्गा मुआब्जा विवाद त कहिले बजेट अभावका कारण १६ वर्षमा पनि ट्रयाक खोल्ने काम पूरा नभएको हो ।
चक्रपथ लागि सुरूवातमा सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको थियो । तर, पछि सो जिम्मेवारी सहरी विकास कार्यलयलाई दिइयो । सो क्रममा विसं २०५४ सालदेखि २०६४ सालसम्म १० वर्ष सडक डिभिजन कार्यालयले चक्रपथ निर्माणका लागि खासै चासो देखाएन । सडक डिभिजन कार्यालयले आवश्यक चासो नदेखाएपछि २०६४ सालमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको हो ।
चक्रपथका निर्णाण्का लागि मात्रै २ सय ११ बिघा जग्गा आवश्यक पर्छ । सोका लागि आवश्यक जग्गा सर्वसाधारणबाट निःशुल्करूपमा प्राप्त हुनेछ । स्थानीयबाट प्राप्त जग्गामा निर्माण गरिएको सडक ३४ मिटर चौडाइ रहने छ भने चक्रपथको सहायक सडक ८ देखि १० मिटरको हुनेछ । सहयाक सडकको जग्गा घडेरीको रुपमा बिकास गरी स्थानीयबासीलाई हस्तान्त्रण गरिने छ । चक्रपथले कटहरी, झोराहाट, लखन्तरी, टंकीसिनवारी, हात्तीमुडा, भाथिगछसहित विराटनगर महानगरपालिकाले समेट्ने छ ।