RUMPUM
animated ellipse animated ellipse

दिर्घकालिन हितकालागि पूर्वाधार तयार हुदैछ : अध्यक्ष पचण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७५, सोमबार १७:४६
3
Shares
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले राष्ट्रहित र महत्वको अघि बढाएको बताएका छन् ।

नेकपा मोरङले आज विराटनगरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले दिर्घकालीन र जनताको वृहतर हितको कामको पूर्वाधार तयार गरेको बताएका हुन् । ‘बाहिरवाट देखिने कामवाट मात्र लोकप्रीयता देखिन्छ । ‘लोकप्रीयता भन्दा पनि सरकारले राष्ट्रिय र जनताको हितको कामको पूर्वाधार तयार गरेको छ , उनले भने ।

हिलोमैलो हुँदा गाडी एक नम्बर गियरले चलाउनु पर्ने हुन्छ, उनले भने –‘ अव हिलो मैलो सकिएको छ सरकारले गति लिन्छ ।’ अब गियर फेरेर भएपनि सरकार अगाडी बढ्ने उनको भनाई छ । छिमेकी राष्ट्रहरुसंग सम्बन्ध राम्रो बनाउनुको साथै दिर्घकालिन विकासका पूर्वाधार तयार गरेर उल्लेख्निय काम गरेको बताए । उनले सरकारको निति तथा कार्यक्रम अनुसार काम अघि बढिरहेको जानकारी दिदै पाँच वर्ष भित्र जनअपेक्षा अनुरुप सरकारले काम सम्पन्न गर्ने दाबि समेत गरे ।

अध्यक्ष पचण्डले केन्द्रमा विवाद भएका कारण भने पार्टी एकतामा ढिला नभएको प्रष्ट पारे । भोली आउने अप्ठ्यारोलाई अहिले नै सच्याएर जाने योजना बनाएकाले पार्टी एकताको कार्य ढिलाई भएको उनले बताए । उनले तत्काल सरकार पुर्नगठनको सम्भावना नरहेको समेत जानकारी दिए ।

अध्यक्ष पचण्डले कर्मचारीतन्त्रका कारण आन्दोलनको उपलब्धि गुम्ने खतरा हुन थालेकाले कर्मचारीहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बारे सिकाउनु पर्ने बताए। उनले कर्मचारीतन्त्र कै कारण २००७ साल देखिको पटक पटकको आन्दोलनको उपलब्धि गुमेको जिकिर समेत गरे।

प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीहरु जान नमानेको प्रति टिप्पणी गर्दै सिंहदरबारमा बसेका कर्मचारीहरुले आन्दोलनबाट आएका नेताहरुलाइ नै कर्मचारी बनाएको अध्यक्ष पचण्डले बताए। उनले रणनैतिक काम गर्दा तत्कालीक काम छुट्ने गरेकाले जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भएपनि चाडै नै सरकारले गतिशीलता देखाउने जानकारी दिँदै भने पार्टी एकतालाई कार्यकर्ताको आचरण, व्यवहार र कार्यशैली परिवर्तनका रुपमा लिन पनि आग्रह समेत गरे ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, संघिय सरकारका कानूनमन्त्री भानुभक्त ढकाललगायतकावक्ताहरुले पार्टी एकता र संगठन समायोजनलाई मौलिक रुपमा गर्न लागिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर