पूर्वाञ्चल खबर
कांग्रेस निकट वकिलहरुको संगठन डिएलएको प्रदेश १ भेलालाई विराटनगरमा आज सम्बोधन गर्दै सत्तारुढ दलले न्यायलयप्रति गरेको आक्रमणका कारण नै पछिल्लो समय न्यायलयप्रति जनताको विश्वास घट्दै गएको डा. कोइरालाले दाबी गरे । चेतावनीको शैलीमा उनले भने, ‘नागरिकको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता छैन ।’
जिल्लाको दक्षिण पश्चिम क्षेत्र रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार एमाले र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप भएको थिया े। झडप हुँदा गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । महतोको हत्यारा नपक्रिएसम्म उनको शव नउठ्ने उन बताए ।
राज्य नै दोषीलाई उन्मुक्ति दिन लागेको बताउँदै नेता डा. कोइरालाले भने, ‘कुनै दलको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाइँदैन ।’ घटनापछि दोषीलाई पक्रन हालसम्म नसकेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।