AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आयोजक उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०७५, शुक्रबार १९:०८
3
Shares
उर्लाबारी / आयोजक कुलझोडा यूवा क्लब मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा प्रेवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक टिमले मुनाल क्लब चन्द्रगढी झापालाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा भएको खेलमा आयोजक टिमले पहिलो हाफमा एक र दोश्रो हाफमा एक गोल गरेको थियो । आयोजकलाई फाईनलमा पुर्याउन सन्देश लिम्बु र निशान लिम्बुले गोल गरेका थिए ।

आयोजक कुलझोडाले अव उपाधिका लागि शनिबार हुने चर्च व्वाईज क्लब र दमक फुटवल क्लबबीचको दोश्रो सेमिफाईनल खेलको विजेतासँग कात्तिक १९ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा विजेताले दुई लाख र उपविजेतालाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक कमल फ्याकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर