पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका, सरसफाई तथा स्वच्छता समन्वय समिति विराटनगरको आयोजनामा ती वडाहरुलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । वडा नम्बर ४ मा ३ हजार १ सय ४५ घरधुरीमा र वार्ड नं १२ मा २ हजार ७ सय ७४ र वार्ड नं १४ मा १ हजार ९ सय ११ घरधुरी रहेको र त्यहाँ शौचालय निर्माण गरी प्रयोगसमेत गरिरहेको अनुगमनका क्रममा पाइएकाले खुल्ला दिसामुक्त वडा घोषणा गरिएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए । विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १,२, ३, ५,६, ७, ८,९, १०, ११,१३,१५ र १६ गरी १४ वटा वडा खुल्ला दिशामुक्त क्षेत्र घोषणा यसअघि नै भैसकेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल, वार्ड नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल, वार्ड नं १२ का अध्यक्ष हिरालाल कामत ,वार्ड नं १४ का अध्यक्ष बलदेव यादवलगायतको उपस्थिती रहेको थियो ।