RUMPUM
animated ellipse animated ellipse

सर्टमूभि ‘छोरा’ रिलिज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७५, मंगलवार २०:०८
3
Shares
विराटनगर /गायक प्रवलदिव विश्वासले निर्देशन गरेको सर्टभूमि ‘छोरा’ रिलिज गरिएको छ ।

स्पार्क एर्भटाइजिङ्गको ब्यानरमा निमार्ण गरिएको सर्टभूमिको आज विराटनगरमा एक कार्यक्रम आयोजना गरि रिलिज गरिएको हो । आठ मिनेटको रहेको उक्त सटमूभिको मुख्य कलाकार निरज ब्ल्याक रहेका छन् । उनले छोराको भूमिका निभार्ह गरेका छन् । त्यस्तै अन्य कलाकारहरूमा मिलन चौधरी, प्रयास न्यौपानेले अभिनय गरेका छन् । सोही अवसरमा मिस एण्ड मिस्टर थारु आइकनका विजेताहरूलाई समेत सम्मान गरिएको थियो ।

मिस थारु सिमानी चौधरी, फस्ट रनरअप सृर्जना चौधरी र सेकेण्ड रनरअप अंकिता चौधरीलाई सम्मान गरियो । त्यस्तै मिस्टर थारु तेजेन्द्र कुमार विश्वास, फस्ट रनरअप सिजन चौधरी र सकेण्ड रनरअप सुवास चौधरीलाई सम्मान गरेको थियो । उनीहरूलाई वरिष्ठ गायक रामा मण्डल, समाजसेवी तथा उद्योगी देवकिशन मुन्दडा, डा. मनोज राउत, गायक सुमित खड्का लगायले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर