पूर्वाञ्चल खबर
आज भएको फाइनल खेलमा इटहरीलाई १ सय १९ रनको फराकिलो रन अन्तरले पराजित गर्दै प्रदेश २ ले उपाधी सहित नगद १ लाख ११ हजार हात पारेको हो । यस्तै उपविजेतामा सिमित भएको इटहरीले नगद ५५ हजार र ट्रफी हात पारेको छ ।
इटहरीस्थित नेपाल डिभिएम स्कूलको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १ रनको विशाल योगफल खडा गरेको थियो । प्रदेश नम्बर २ का लागी सोनु अन्सारीले सर्वाधिक ६० रन बनाउँदा रवि शाहले ५९ रन बनाए । यस्तै अमित यादवले २८ रन , विकास दासले १९ रन, विवेक यादवले १३ रन र तिर्थराज दासले १० रन बनाए । इटहरीका विकल्प आचार्यले २ विवेक हात पार्दा निशान महत, भुपाल लुईटेल र राज थापाले एक–एक विकेट लिए ।
जवाफमा २ सय २ रनको विशाल लक्ष्य पछ्याएरको इटहरीले १६ दशमलव २ बलमा सवै विकेट गुमाइ ८२ रन मात्र बनाउन सक्यो । इटहरीका लागि सुभाष यादवले ३२ रन, गौतम शर्माले १७ रन र अलफाज मन्सुरीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन । प्रदेश २ का निखिल सिंहले ४ विकेट हात पार्दा गोमानन्द यादव र अदिल खानले २–२ विकेट लिए ।
फाइनल खेलको म्यान अफ द फाइनल प्रदेश २ का निखिल सिंह घोषित हुदै नगद २ हजार र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश २ का रवि शाह घोषित हुदै नगद १० हजार र ट्रफी हात पारे । यस्तै प्रतियोगितामा उत्कृष्ट बलर प्रदेश २ का विकास दास र उत्कृष्ट ब्याष्टम्यान इटहरीका गौतम शर्मा घोषित हुदै नगद ५–५ हजार र ट्रफी पाए । विजेता तथा उपबिजेता खेलाडीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले पुरस्कार बितरण गरे ।
कार्तिक ८ गतेदेखि सुरु भएको प्रतियोगितामा काठमार्डौ, विराटनगर, भैरहवा, इटहरी, धनगढी, र प्रदेश २ गरी ६ टिमको सहभागीता रहेको थियो । लिगकम नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको समुह क मा काठमाण्डौ, बिराटनगर र इटहरी रहेका थिए । समुह ख मा धनगढी, भैरहवा र प्रदेश २ रहेका थिए ।