RUMPUM
animated ellipse animated ellipse

तीनसाताको अन्तरमा एकै गाउँका सात जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ कार्तिक २०७५, सोमबार १७:०५
3
Shares
विराटनगर / कानेपोखरी गाउँपालिकाको एउटा गाउँमा तीनसाताको अन्तरमा सातजनाको मृत्यु भएको छ । चाडपर्वको मुखमा मोरङको कानेपोखरी गाउँपालिका – ६ र ४ मा पर्ने प्रणामी डाडा चोक आसपासमा तीनसाताको अवधीमा सात जनाको निधन भएको हो ।

निरन्तर मृत्यु हुनथालेपछि स्थानीयबासी काल पल्किएको भन्दै त्रसित हुन थालेका छन् । छिमेकमा भएको घटनाले किरियापुत्री रुग्नलाई पनि आलोपालो बस्नु पर्ने अवस्था आएको स्थानीयले बताए ।

प्रणामी डाँडामा असोज तेस्रो सातादेखि मृत्युको सृङखला सुरु भएको थियो । स्थानीय शिक्षक भोला भट्टराईका अनुसार तीन साताको अवधीमा निधन हुनेहरुमा ७ बर्षिय बालिकादेखि ७१ बर्षिय वृद्धासम्म रहेका छन् ।

असोज १८ गते कानेपोखरी ४ की १८ बर्षिय मीनु धिमालको मृत्यु भएको थियो । उनको क्यान्सर रोगका कारण मृत्यु भएको बताइएको छ । असोज १९ गते प्रणामी डाँडाका ६८ वर्षीय अमरबहादुर दर्जीको निधन भएको थियो । दर्जीको मृत्यु हुनभन्दा अघि छिमेकी ७१ बर्षिय मनमाया विश्वकर्माको मृत्यु भएको थियो । दर्जी र विश्वकर्माको घर करिब ५० मिटरको अन्तरमा छ । असोज १९ गते नै प्रणामी डा्ँडाा पश्चिम ७ बर्षिय बालिका सुमित्रा पराजुलीको पनि मृत्यु भएको स्थानीयले जानकारी दिए ।

एउटै गाउँमा लगातार भएको मृत्युको सृङखलाले गाउँमा एकखालको त्रास निम्त्याएको कानेपोखरी गाउँपालिका–४ का वडा अध्यक्ष धनबहादुर राईले बताए । मृत्यु हुने केही कालगति, रोग र सर्पको टोकाईले रहेको उनले बताए ।

गत २८ गते भलुवा खोलाको बाँधमा प्रणामी डाँडाकै ५५ वर्षीय सम्बीर गजमेरको शव पानीमा डुबेको अवस्थामा भेटिएको थियो । त्यस्तै कात्तिक ८ गते प्रणामी डाँडाका बुद्धिमान राईकी श्रीमती ताराको मृत्यु भएको थियो ।

धान खेतमा बेहोस भएकी उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । कात्तिक १० गते अस्पतालबाट ताराको शव ल्याएर कात्तिक ११ गत मृत्यु संस्कार गरिएको थियो । पत्नी शोकमा रहेका राईको छिमेकमा अर्काे दुःखद घट्ना भयो । कात्तिक १० गते विहान खाना पकाउने क्रममा विषालु सर्पको टोकाईबाट खम्बीवर राइकी श्रीमती ३६ वर्षकी चित्राकुमारी राईको मृत्यु भयो ।

तीनसाताको अन्तरमा मृत्यु भएका सात जना मध्ये ५ जना एउटै गाउँका हुन् । २ जना प्रणामी डाँडा आसपासमा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर