AArya
RUMPUM
animated ellipse animated ellipse

मिस नेवाका प्रतियोगिले देखाए प्रतिभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७५, आईतवार १६:३६
3
Shares
विराटनगर / विराटनगरमा हुने दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका प्रतियोगिहरुले प्रतिभा देखाए छन् ।

विराटनगरको वीरेन्द्र सभा गृह हलमा यही कार्तिक १७ गते हुने फाइनलमा पुगेका उनीहरूले आज आ–आफनो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् ।

नेवार सामुदायमा रहेको किशोरीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मूभिज क्रियएसनको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरेको हो । फाइनलमा पुगेका १३ जना प्रतियोगि भए पनि १० जनाले मात्र प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरूले साँस्कृतिक नृत्य, गायनलगायतको विभिन्न प्रतिभा देखाए । प्रतिभा देखाएका मध्ये उत्कृष्ट एक जनाले ‘बेस्ट ट्यालेन्ट एवार्ड’ प्राप्त गर्ने छन् । उक्त एवार्ड फाइनलका दिन वितरण गरिने मन्जिना मूभिज क्रियएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । यस प्रतियोगिताको फाइनलमा विराटनगरकी मनिषा शाक्य, आस्मा तुलाधार, तमना श्रेष्ठ, रुजा शाक्य, सृजना श्रेष्ठ, सुधा श्रेष्ठ, नियती प्रधान, आर्जु श्रेष्ठ, स्नेहा श्रेष्ठ, स्वेक्षा तम्राकार, भोजपुरकी रुहीना प्रधान, बेलबारीकी चेलीना श्रेष्ठ र एलिना श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।

फाइनलमा पुगेका प्रतियोगिले यस अघि फोटोसुट समेत सुट गरिसकेका छन् । पर्यटकीय सहर भेडेटारमा पुगेर उनीहरुले फोटोसुट गरेका हुन् । फोटो सुट विराटनगरका चर्चित फोटो ग्राफर सञ्जय श्रेष्ठले गरेका थिए । प्रतियोगिताको बिजेताले आकर्षण क्राउनको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर