RUMPUM
animated ellipse animated ellipse

भेण्टीलेसन फोडेर थुनुवा फरार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०७५, शनिबार ०७:१८
3
Shares
विराटनगर। प्रहरी सुरक्षा घेरा भित्र रहेको हिरासत कक्षबाट महम्मद अस्फाक हत्या आरोपी फरार भएका छन् । इलाका प्रहरी कार्यालय विराटनगर रानीमा असोज दोस्रो साता यता हिरासतमा रहेका महम्मद सद्दिम हुसेन र महम्मद आरिफ आलम फरार भएका हुन् ।

विराटनगर १७ का मोहम्मद अस्फाकको अपहरण पछि हत्या गरेको आरोपमा पक्राउ परेका हुसेन र आरिफ थुनुवा कक्षको भेण्टीलेसनको ६ वटा रड काटेर फरार भएका हुन् । शुक्रवार विहान १ बजेदेखि २ बजेको बिचको समयमा भेण्टीलेसनमा रहेको ८ वटा रड मध्ये ६ वटा रड काटेर फरार भएका हुन् । आरिफ र हुसेन फरार भएको शुक्रवार बिहान मात्र प्रहरीले थाहा पाएको थियो ।

कडा सुरक्षाका बिच रहने हिरासत कक्षबाट थुनुवा भागेपछि डिउटीमा रहेका दुई प्रहरीलाई निलम्बन गरिएको छ । बिहिवार राती ७ जनाको आलोपालो डिउटी थियो । सात जनालाई अनुसन्धानकालागि जिल्ला तानेको प्रहरीले तत्काल डिउटीमा रहेका १ प्रहरी हवल्दा र १ जवानलाई निलम्बन गरी छानविन सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान थापाका अनुसार तत्काल प्रहरी हवल्दार जिरालाल रौनियार र जवान जगन्नाथ बास्केलाई निलम्बन गरिएको हो ।

मिलेमतो गरी भगाएको हुन सक्ने आशंकामा निलम्बन गरी छानविन प्रकृया सुरु गरिएको हो । तर डिएसपी थापा छानविन प्रकृया सुरु भएकाले तत्काल मिलेमतोमा भगाएको भन्न सक्ने अवस्था नरहेको बताउछन् । छानविन समितिलाई पाच दिनको समय रहेको बताउदै उनले तत्काल दुई जनालाई निलम्बन गरिएको बताए ।

बिहिवार इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा थिए । अस्फाक हत्या आरोपमा पक्राउ परेका ५ मध्ये मुख्य अभियुक्त हुसेन र आरिफलाई छुट्टै कक्षमा राखिएको थियो । अस्फाक हत्यामा हुसेन र आरिफलाई सहयोग गरेको आरोपमा पक्रँउ परेका अन्य तीन थुनवा सहित १७ जना छुट्टै कक्षमा थिए ।
‘एउटै मुद्दाको अनुसन्धानको क्रममा प्रभाव पार्न सक्ने भएकाले मुख्य अभियुक्तलाई छुट्टै स्थानमा राखिएको थियो ।’ डिएसपी थापाले भने ‘भेण्टीलेसनको रड काटेर राती भागेका हुन् ।’ उनले फरार भएका दुई जनाको खोजी कार्य तिब्र पारिएको जानकारी दिए । फरार आरोपी भारत तर्फ भागेको आशंका गर्दै प्रहरीले खोजी तिब्र बनाएको छ ।

मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीका अनुसार डिएसपी निशान थापाको नेतृत्वमा प्रहरी माथी छानविन गर्न समिति गठन गरिएको हो । समितिले पाच दिन भित्र रिपोर्ट दिनेछ ।

गौतमबुद्ध स्कुल विराटनगरको कक्षा १० मा अध्ययनरत अस्फाक गत असोज १ गतेदेखि बेपत्ता भएका थिए । उनको शव असोज ७ गते विराटनगर १९ मा भित्री सडक खण्डमा रहेको ह्युमपाइप भित्र सडेको अवस्थामा भेटिएको थियो । शव पहिचान गर्न पनि समस्या भएको थियो ।

शव भेटेको सात दिन पछि असोज १४ गते प्रहरीले अस्फाकको हत्यामा संलग्न हुसेन र आलमलाई सार्बजनिक गरेको थियो । अस्फाकको अपहरण गरेको भन्दै उनीहरुले अस्फाकको परिवारस“ग ५० लाख फिरौती मागेका थिए । हत्या आरोपी फरार भएको रात इलाका प्रहरी कार्यालय रानीको प्रमुख प्रहरी निरिक्षक सन्तोष निरौला बिदामा थिए ।

६ वटा रड काट्दा पनि थाहा भएन ?

गत असोज १४ गतेदेखि प्रहरी हिरासतमा रहेका हुसेन र आरिफले हिरासत कक्षको भेण्टीलेसनको ६ वटा रड काटेर फरार हुदा पनि डिउटीमा रहेका प्रहरीले जानकारी पाएनन् । हिरासत कक्षको पूर्व पट्टीको भित्तामा दुईवटा भेण्टीलेसन छ । भेन्टीलेसनमा २–२ वटाका दरले ८–८ वटा रड राखिएको छ ।
हावा हावत जावतकालागि बनाएको भेण्टीलेसनमा २ लेयरमा राखिएको ६ वटा रड काटेर हत्या आरोपी भागेका हुन् । रड काट्दा ठूलो आवाज निस्कन्छ । तर डिउटीमा रहेका प्रहरी कै सामुन्ने रड काटेर भाग्न मिलेमतो बिना सम्भव नभएको स्रोत बताउछ ।

इलाका प्रहरी कार्यालय रानीमा बिहिवार राती आलोपालो सिस्टममा ७ जना प्रहरी डिउटीमा खटिएका थिए । प्रहरी कार्यालय सधै सुरक्षा पहरा भित्र हुन्छ । अझ थुनुवा कक्षमा बिषेश निगरानी राखिएको हुन्छ । तर प्रहरी निगरानी भित्र रहेकै कक्षबाट अस्वभाविक रुपमा फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले मिलेमतो रहेको आशंकामा डिउटीमा रहेका ७ मध्ये २ जनालाई निलम्बन गरी छानविन प्रकृया अघि बढाएको हो । बिहिवार प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरु रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगन्नाथ वास्के डिउटीमा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
थुनुवा भागेपछि प्रहरीले रड काट्न प्रयोग भएको ह्याक्सो ब्लेट पनि भेटेन् । भेण्टीलेसनको रड हेर्दा ह्याक्सो ब्लेट प्रयोग भएको देखिएपनि रड काट्न प्रयोग भएको औजार नभेटिएको डिएसपी थापाले बताए ।

दुईसाता यता हिरासतमा रहेका हुसेन र आरिफ खानामा पनि सौखिन थिए । इलाका प्रहरी कार्यालय रानीमा रहेको क्याटीनमा उनीहरुले ३ हजार रुपैया भन्दाबढीको सामाग्री बाकी खाएको बताइएको छ ।
आजको उद्घोष दैनिकमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर