AArya
RUMPUM
animated ellipse animated ellipse

कानुन सहज भएपछि सम्बन्धविच्छेदमा महिलाभन्दा पुरुष अघि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०७५, सोमबार ०७:२८
3
Shares
काठमाडौं / सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिलाभन्दा पुरुष बढी देखिएका छन्। १ भदौयता काठमाडौं जिल्ला अदालतमा ९८ जना पुरुषले पत्नीसँग छुट्टिन निवेदन दिए। त्यस अवधिमा अदालत पुग्ने महिला ८७ मात्रै छन्।

डेढ महिनामा महिला र पुरुष दुवै गरी एक सय ८५ जनाले पारपाचुकेका लागि अदालतको ढोका ढक्ढकाएका हुन्। दैनिक आठ-नौ जनाको दरमा अदालतमा यस्ता निवेदन पर्ने गरेका छन्। गत वर्ष यही अवधिमा तीन-चार जना महिला मात्रै आउने गरेको अदालतको अभिलेखले देखाएको छ।

भदौ १ गतेदेखि मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएपछि पुरुष सोझै अदालतमा जान व्यवस्था भएको हो। पहिले पुरुष सम्बन्धविच्छेदका लागि सीधै अदालतमा जाने कानुनी प्रबन्ध थिएन। वडाको सिफारिसमा गाविस, जिविस वा नगरपालिका हुँदै पुरुष बल्ल अदालतमा पुग्न पाउँथे। पत्नी मात्रै सोझै अदालत जान पाउने व्यवस्था थियो।

वैदेशिक रोजगारीमा दुई वर्ष दोहा बसेर फर्केपछि नुवाकोट त्रिशुली घर भई काठमाडौं मनमैंजु बस्ने एक पुरुष सम्बन्धविच्छेदका लागि दसैंअघि काठमाडौं जिल्ला अदालत पुगे।

निवेदनमा जनाइएअनुसार २०६० सालमा उनको ‘लभ म्यारिज’ भएको थियो। यी दम्पत्तीबाट एक छोरीको जन्मेकी छन्। छोरीले आठ कक्षा पढ्दै छन्। छ महिनाअघि विदेशबाट घर फर्किएपछि मनमुटाव, पारिवारिक अशान्ति, मानसिक तनाव बढेको बताउँदै एकसाथ जीवन बिताउन नसक्ने कारण उनले दर्शाएका छन्। पत्नीको परपुरुषसँगको हिमचिमलाई उनले सम्बन्धविच्छेदको मुख्य कारक देखाएका छन्।

उनीजस्तै दैनिक ४÷५ जना पुरुष धमाधम अदालत धाउन थालेका छन् तर कारण भने एक मात्र छैनन्। यी दम्पत्तीलाई डाकेर एकपल्ट सम्झाइबुझाइ गर्दै मेलमिलाप गराइदिने तयारीमा अदालत रहेकाे समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर