AArya
RUMPUM
animated ellipse animated ellipse

पथरी शनिश्चरेका स्वास्थ्य संस्था मापदण्ड विपरित सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ कार्तिक २०७५, बिहीबार १०:५२
3
Shares
पथरी / मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका अधिकांश नीजि स्वास्थ्य संस्था मापदण्ड विपरित सञ्चालन भएको भेटिएकोे छ । यस क्रममा २ वटा संस्था वन्द गराइएको छ ।

पथरी चोकमा रहेको २४ घण्टे डेलिभरी सेवाको बोर्ड राखेर सञ्चालित सुमित्रा फार्मेसी र एक हप्ता अधिघदेखि सञ्चालनमा आएको दीर्घायु आयुर्वेदिक मेडिकल हल बन्द गरिएको हो । लामो समयदेखि सञ्चालित सुमित्रा फार्मेसीमा सञ्चालनको प्रमाणपत्र अर्कैको नाममा रहेको तथा संस्था नविकरण समेत नगरिएको खुलेको छ । दीघार्यु मेडिकलमा सञ्चालनको प्रमाण पत्रवाला व्यक्ति नहुनुका साथै अस्पताल दर्ता नै नगरी डाक्टर राखेर ल्याव सञ्चालन गर्दै औषधि समेत निर्माण गर्ने गरेको पाइएकोले उक्त संस्था बन्द गरिएको थियो । यी दुई संस्थाका सञ्चालकलाई आइतवार नगरपालिका कार्यालयमा उपस्थित हुन समेत पत्र काटिएको थियो ।

अनुगमन आएको थाहा पाएपछि अन्य केहि स्वास्थ संस्था बन्द गरि हिडेका थिए । यता पथरीकै पुरानो तथा ठुलो स्वास्थ संस्था मोरङ हस्पिटलको समेत मापदण्ड बिपरित भेटिएको छ । २५ सैया बेडको अनुमती लिएको मोरङ अस्पतालले प्यासेजमा बेड राखेर संचालन गरेको भेटिएको छ । साथै एक्सरे मेसिन कम क्षमताको भएको, एक्सरे कोठाको मापदण्ड नपुगेको, बेड अनुसार नर्स नभएको, औषधीमा बढि मुल्य लिने र ह्वली चियर कुदाउने बाटो र हस्पिटलको सिडि सानो रहेको अनुगमन समितीले बताएको छ ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्नै मिल्दैन । हामीले सवैलाई सचेत गराउँदै कानूनी प्रक्रिया पुरा गरेर सञ्चालन गराउन जानकारी गराउँदै अनुगमन् अभियान थालेका छौं ।’ मापदण्ड पुरा गराउनका लागि उनीहरुलाई सचेत गराउँदै पुनः अनुगमन् गर्दा मापदण्ड पुरा नभए त्यस्तो संस्था वन्द गराउने अनुगमन टोली संयोजक यमुना विष्ट वास्तोलाले बताइन् ।

अनुगमनमा अधिकांश स्वास्थ्य संस्थाले नविकरण गर्न वाँकी रहेको तथा न्यूनतम् मापदण्ड पुरा नगरेकाले सचेत गराउँदै २१ दिनभित्र त्यसखाले प्रक्रिया पुरा गर्न जानकारी गराइएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले उल्लेख गरे ।

अनुगमनका क्रममा अधिकांशले नयाँ आर्थिक वर्षका लागि संस्था नविकरण गर्न वाँकी रहेको देखिएको छ । केहीले औषधि पसल सञ्चालनको अनुमति लिई डाक्टर समेत राखेर क्लिनिक सञ्चालन गरेको, विक्रीमा प्रतिवन्धित गर्भपतन सहितका औषधि विक्री गरेको, केहीले क्लिनिक सञ्चालन गर्दा एमवीवीएस डाक्टर नराखी सञ्चालन गरेको, म्याद गुज्रिएका औषधि राखेको, अनुमती नलिएका औषधी बिक्री गरेने जस्ता मापदण्ड विपरित संचालन भएको अनुगमनमा भेटिएको छ ।

अनुगमनका क्रममा ल्याव र बिधुतीय प्रबिधीहरुमा धेरै कमि कम्जोरी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन राजेन्द्र चौधरीले बताए भने म्याद गुज्रीएका औषधी, सेवा बिहिन बोड र अनुमती नभएका औषधी भेटिएको र उक्त औषधी जफत गरीएको औषधि व्यवस्था विभाग मोरङका फार्मेसी निर्देशक जयन्द्र बोगटी बताए ।

औषधि व्यवस्था विभाग मोरङका फार्मेसी निर्देशक जयन्द्र बोगटी, जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन राजेन्द्र चौधरी, कोशी अञ्चल अस्पतालका एक्सरे विभागका रामनारायण यादव, मंगलवारे अस्पताल उर्लावारीका डाक्टर योगेशकुमार मण्डल सहितको टोलीले अनुगमन् गरेको थियो । अनुगमनले मापदण्ड बिपरित रहेको संस्था शिल गरेको र संस्था सुधार्न निर्देशन दिएको तर उक्त सस्थाहरुले अवज्ञा गर्दै आफ्नो सेवा सुचार गरेका छन । जस्ले गर्दा अनुगमनले जनताको आँखामा भ्रम छरेको जस्तो देखिएको छ । अनुगमनले पथरीकै ठुलो र पुरानो संस्था मोरङ हस्पिटलमा भने कमि कम्जोरी भेटे पनि सुधार गर्न निर्देशन दिएको र अन्य २ सस्थालाई अनुमति नभएको भन्दै बन्द गरेको छ ।

अनुगमनले २१ दिन भित्र सुधार गर्न र २१ दिन पछि अनुगमन आउने उक्त समयमा पनि यस्तै कम्जोरी भेटे सस्था बन्द समेत गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर