AArya
RUMPUM
animated ellipse animated ellipse

मिठाइ पसलदेखि ,जुत्ता पसलसम्ममा उपभोक्ता ठगिदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ आश्विन २०७५, शुक्रबार १८:०८
3
Shares
विराटनगर /विराटनगर महानगरपालिकाले बजार अनुगमन कार्र्यमा सक्रियता बढाएको छ । महानगरका कतिपय पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी बेचबिखन गर्ने गरेको भेटिएको छ ।

बेलाबेलामा छड्के अनुगमन गर्दे आएको महानगरले चाडवाडका बेला अझ उपभोक्ता ठगिनेगरेको गुनासो आएसंगै दैनिक अनुगमन गर्न थालेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । हिजो र आज दुई दिनमा विभिन्न स्थानका फरक पसलहरुमा गरिएको अनुगमनका क्रममा उपभोक्ताहरु धेरै ठगिने गरेको पाइयो । उपमेयर कार्कीले भनिन् मिठाइ पसलदेखि ,जुत्ता पसलसम्म उपभोक्ता ठगिइरहेका छन् । यसका लागि महानगरले सवै ब्यवसाय,फर्ममा समेत स्वच्छरुपमा अनुगमन गर्ने उपमेयर कार्कीले बताईन ।

महानगरले विकानेर स्विट होम,पंकज किराना स्टोर,बैद्यनाथ आयुर्वेदिक औशधी श्याम सुन्दर ट्रेडर्स म्याद नाघेका र खानअयोग्य सामान भेटिएको थियो यस्तै जुत्तापसल भानुदय ट्रेडर्स र दिनेश इम्पोरियम लुगा पसलमा भने खरिदमूल्य भन्दा तेब्बर मुल्यभन्दा बढी र कतिपयमा स्टिकर टासी अत्याधिक मुल्यमा सामान बिक्रि गरिएको भेटिएको छ । महानगरले विभिन्न सूचक तय गरेर बजारको अनुगमन गरिरहेको छ प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहालले भने । कतिपय स्थानमा उपभोक्ता ठग्ने मनसाय पाइएकाले नियमत कार्बाही गरिने दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर