पूर्वाञ्चल खबर
६३औ प्रहरी दिवसको अवसरमा १ नं.प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित समारोहमा उनले सो कुरा वताएका हुन् । मुख्यमन्त्री राईले नेपाल प्रहरीका कर्मचारीहरुले उच्च मनोवलकासाथ काम गरी जनताको विश्वास जित्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।
प्रदेशमा ऐन, कानून निर्माण र संरचना खडा गर्न बांकी रहंदारहंदै प्रदेश सरकारले सुशासन र शान्तिको मार्गमा उपलब्धी हासिल गरेको छ बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकाले सडक, सुरक्षा र सुशासनका लागि अभियान सञ्चालन गरेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रहरी संगठनले कर्तव्यनिष्ट भएर तथा व्यावसायिक सफलताको निम्ति काम गर्न निर्देशन दिंदै प्रहरी संगठनलाई प्रविधिमैत्री बनाएर जनताका सेवा र सुरक्षाको क्षेत्र विस्तार गर्ने तयारी भइरहेको बताए । उनले प्रहरी संगठनलाई बलियो बनाउँन समयनाकूल पनि संरचनाहरु तयार गर्न प्रदेश सरकार प्रयत्नशील छ भने ।
१ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले समाजमा शान्ति सुरक्षाको अभिभरा बोकेको प्रहरी संगठन जनताका सेवामा समर्पित रहेको बताए ।
कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरी सम्पन्न भएको छ । मुख्य मन्त्री शेरधन राईले १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुलाई आफ्नो अमूल्य जग्गा दान गर्नु हुने जग्गा दाताहरु, शान्ति सुरक्षा अमनचयन कायम राख्न, अपराध रोकथाम तथा अनुसन्धान गर्न र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जस्ता विभिन्न प्रहरी कार्यमा सहयोग पुर्याएका प्रहरी सहयोगीलाई प्रशंसा पत्र तथा कदर पत्र प्रदान गरेका थिए ।
२०७४ सालको एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला तथा पूर्व प्रहरी कर्मचारीका सन्ततीहरुलाई छात्रबृति प्रदान गरिएको थियो ।
प्रहरी दिवसकै अवसर पारेर १ नम्बर प्रदेश अन्तर्गतका बिद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागितामा आयोजना गरिएको ’यौनहिंसाका कारण, रोकथाम र नागरिकको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा जिल्ला स्तरमा प्रथम र द्वितिय हुने निबन्धहरुलाई संग्रहको रुपमा प्रकाशित गरिएको थियो ।
संग्रहको बिमोचन गर्दै मुख्य मन्त्री राईले निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने क्रमशः कोशी माध्यामिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत छात्रा मोनिका कार्की, श्रीजंगा माध्यामिक बिद्यालय हिलिहाङ पाँचथरमा कक्षा १० मा अध्यनरत छात्रा बिपना बराईली र श्री भाषा माध्यमिक बिद्यालय धनकुटामा कक्षा ९ मा अध्यनरत छात्रा समिक्षा अधिकारीलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले नेपाल प्रहरी स्कुल धरानले प्रहरी दिवसको अवसरमा संचालन गरेको अन्तर बिद्यालय चित्रकला प्रतियोगिताका विजयी बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरे ।