AArya
RUMPUM
animated ellipse animated ellipse

आमाको मृत्यु पश्चात आफ्नै बाबुबाट बालिका बलात्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०७५, बुधबार २१:०७
3
Shares
रोल्पा / आमाको मृत्यु पश्चात आफ्नै बुवाबाट रोल्पाकी एक १४ वर्षिय बालिका बलात्कृत भएकी छिन् ।

गत भदौ २७ गतेदेखि उनलार्इ आप्mनै बाबुबाट बलात्कार भएकी बालिकाले बताएकी छिन् । रोल्पाबाट भागेर दाङमा रहेका आफन्तकोमा पुगेर ती बालिकाले बाबुबाट पटक पटक बलात्कार भएको आफन्तलार्इ आफ्नो पीडा सुनाएपछि रहस्य खुलेको हो ।

बालिकाले महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । ४३ वर्षिय आरोपीलार्इ प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुन्धान गरीरहेको रोल्पा प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर