पूर्वाञ्चल खबर
गत शनिबार प्रकाशित नतिजामा विज्ञान संकायमा कक्षा –११ की निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएकी थिइन् । कलेजबाट निस्केको र्याली मेन रोड हुँदै गोल्छा चौक, सिडियो अफिस चौक, हस्पीटल चौक हुँदै पुनः मेन रोडबाट कलेमा आएर समापन भएको थियो । कक्षा ११ विज्ञान संकायमा मा २ सय ५१ जना विद्यार्थीले परिक्षा दिएकोमा ९५ पतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजका थिए । प्रिन्सिपल सुनिल श्रेष्ठका अनुसार ए प्लसमा १२ जना, ए मा ८५ जना, वि प्लसमा ९६ जना, वि मा ३० जना, सी प्लसमा १५ र सी ल्याउँने १४ जना रहेका छन् । त्यस्तै व्यवथापन संकायमा २ सय ९९ जना विद्यार्थीमध्ये ९६ पतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजले जनाएको छ ।
व्यवथापन संकायमा ए प्लसमा १० जना, ए मा ८५ जना, वि प्लसमा ९७ जना, वि मा ३१ जना, सी प्लसमा २५ र सी ल्याउँने ३९ जना रहेका छन् ।