RUMPUM
animated ellipse animated ellipse

ह्यारीको रानी रिमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०७५, शुक्रबार १९:३७
3
Shares
विराटनगर / अभिनेत्री रिमा विश्वकर्मा र मोडल ह्यारी योञ्जनले अभियन गरेको पछिल्लो भिडियो ‘पञ्चे बाजा’ सार्वजनिक भएको छ । उक्त भिडियोमा रिमा रानी र ह्यारी राजाको भूमिकामा देखिएका छन् ।

म्यूजिक भिडियो निर्देशक युगल पोमो गरेका हुन् । गायक सुजन तिगेला लिम्बू र अन्जु पन्तको स्वर रहेको छ । करिब ४ सय वटा भन्दा बढि गीतमा स्वर दिईसकेका लिम्बुले गायक, लेखन र संगीतमा पनि उत्तिकै पोक्त छन् । दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको नजरमा बस्न सफल भएका ह्यारी एक दशकदेखि कलाकारीता क्षेत्रमा सक्रिय छन् । उनले चाँडै चलचित्रमा समेत नायकको रुपमा देख्न पाईने बताए । हाल उनी ‘बक्स अफिस अवार्ड’ कार्यक्रमका लागि थाइल्याण्डमा छन् । उनले अभिनय गरेको भिडियो नोमिनेशनमा परेकोले अहिले थाइल्याण्डमा छन् । गायक स्यंमको शब्द संगीत रहेको ‘पञ्चे बाजा’ को भिडियो उत्कृष्ट बनेको छ ।

भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

भिडियोको लिंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर